कारोबार रकममा सुधार, कमाउनेमा नेपाल सेवा लघुवित्त अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 30, 2018 | 05:02:12 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबार दोस्रो दिन आज सोमबार बजार परिसूचक नेप्से स्थिर रहेको छ   ।  आज सूचक ०.४४ अंकको झिनो अन्तरले घटेर ११९४.३८ को बिन्दुमा पुगेर रोकिएको छ ।  आज कारोबारमा आएका १ सय ७० कम्पनीका १२ लाख ८४ हजार ९ सय ४४ कित्ता शेयर खरिब बिक्रिबाट २९ करोड ६१ लाख ५६ हजार २ सय ५२ रुपैयाँको कारोबार भएको छ   । 

आज माछापुच्छ्रे बैंक लिमिटेडको सर्बाधिक ६ करोड ३४ लाख बराबरको कारोबार भएको छ   । अन्य बढी कारोबार हुनेमा एनसीसी बैंक, जलविद्युत लगानी तथा विकस कम्पनी, एनएमबी बैंक, नेपाल बैंक लगायत रहेका छन्   । 

आज कारोबारमा आएका बैंकिंग, विकास बैंक, फाइनान्स र उत्पदन समुह बाहेकका सबै सूचक घटेका छन्   । 

आज नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सर्बाधिक ५.८३ प्रतिशत तथा तिनाउ विकास बैंकका लगानीकर्ताले ५.२३ प्रतिशत कमाएका छन्   । नाफा कमाउने अन्य कम्पनीमा जेबिल्स फाइनान्स, जानकी फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक लगायत रहेका छन्   । 

आज सिटी एक्सप्रेस फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्बाधिक ९.५२ प्रतिशत गुमाएका छन्   । अन्य बढी गुमाउनेमा वल्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, जलविद्युत लगानी तथा विकास कम्पनी, रैरांग हाइड्रो लगायत रहेका छन्   ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved