एचआइडिसिएलको शेयर कारोबारमा इन्साईडर ट्रेडिङ, होला त सचिब र विद्वानको टिमलाई कारबाही ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 30, 2018 | 11:52:27 PM मा प्रकाशित

laxmi  sunrise bank

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले हकप्रद प्रस्ताबको सूचना सार्वजनिक गर्ने क्रममा इनसाइड ट्रेडिङ गरेको आशंका गरिएको छ। साउन ११ गते बसेको संचालक समितिको बैठकले गरेको शतप्रतिशत हकप्रद बिक्रि गर्ने निर्णय ३ दिनपछी मात्र नेप्से मार्फत जानकारी गराईनुले एचआईडीसीएलले इनसाइड ट्रेडिङ गरेको आशंका गरिएको हो। 

कम्पनीले शतप्रतिशत हकप्रद बिक्रि गर्ने सूचना ३ दिनपछि नेप्से मार्फत जानकारी गराइनु र निर्णय सार्वजनिक हुनु करिब दश दिन अघिदेखि कम्पनीको शेयर मुल्य बढ्दै जानुले एचआईडीसीएलको हकप्रदको सूचनामा चलखेल भएको हो। 

कारोबारको ट्रेन्डलाई हेर्ने हो भने एचआईडीसीएलले हकप्रद बिक्रि गर्ने निर्णयको सूचना हप्ता दश दिन अगाडी नै केहि कारोबारमा पुगेको थियो। नेप्से मार्फत सूचना सार्वजनिक हुँदै गर्दा एचआईडीसीएलको कारोबार भोलुम बढ्नु र शेयर मुल्य घट्नुले पनि इनसाइड ट्रेडिङ गर्नेले पहिले नै सस्तोमा सेयर उठाएर हकप्रदलाई आधार बनाई महँगोमा सेयर बिक्रि गरेको स्पष्ट हुन्छ।

गत बैशाख २ गते प्रति कित्ता १७१ रुपैयाँमा कारोबार भएको एचआईडीसीएलको सेयरको मुल्य असार २६ सम्म निरन्तर रुपमा ओरालो लागेको देखिन्छ। असार २६ गते सेयर मुल्य १५० रहेकोमा साउन १३ सम्म कम्पनीको सेयर मुल्य बढेर १७७ रुपैयाँ पुगेको देखिन्छ। शतप्रतिशत हकप्रदको  सूचना साउन १४ गते सर्वसाधारणमा आइपुग्दा चलखेलमा सामेल कारोबारीले आफ्नो नाफा बुक गरिसकेको देखिन्छ। त्यसैले पनि शतप्रतिशत हकप्रदको सूचना नेप्से मार्फत सार्वजनिक भएलगत्तै त्यसको सेयर कारोबारको भोलुम समेत उल्लेख मात्रामा बढेको छ।  

कम्पनीले एकातर्फ साउन ११ गते बसेको संचालक समितिले शतप्रतिशत हकप्रद जारी गर्ने सम्बन्धि सूचना १३ गते आइतवार बजार खुल्नु अघि नै नेप्सेमा पठाउनुपर्नेमा १४ गते सम्प्रेषण गरेर मूल्य संवेदनशीलता माथि खेलवाड गरेको छ भने अर्को तर्फ हप्ता दश दिन अघि नै उक्त सूचना चुहाएर कम्पनीले चलखेल गरेर मूल्य संवेदनशील सुचनामा चरम लापरबाही गरेको छ। 

उर्जा मन्त्रालयका सचिब, अर्थ मन्त्रालय र कानुन मन्त्रालयका सह सचिब, राष्ट्रिय बिमा संस्थानका निमित्त डिजिएम जस्ता व्यक्तिहरु रहेको कम्पनीकै संचालक समिति र त्यहाँका कर्मचारीबाट मूल्य संवेदनशीलता माथि खेलवाड हुन्छ भने नेप्सेमा सुचिकृत अन्य संस्थाहरुबाट के आश गर्ने ?

सूचना सम्प्रेषणमा चरम लापरबाही हुँदा शेयरका लगानीकर्ता समयमै सूचना पाउने अधिकारबाट बन्चित भएका छन भने अर्को तर्फ सिमित व्यक्तिहरुको चलखेलबाट लगानीकर्ताहरु ठगिएका छन।

कम्पनीले चुक्ता पुंजी १० अर्बबाट बढाएर २० अर्ब पुर्याउने उदेश्यले शतप्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब साधारणसभामा लैजान लागेको हो।कम्पनीको दश करोड कित्ता शेयर नेप्सेमा सुचीकृत छ। जस मध्ये सर्वसाधारणको २ करोड कित्ता रहेको छ भने कम्पनीमा सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोष लगायतका सरकारी निकायको ८० प्रतिशत शेयर स्वामित्व छ। जलविद्युत आयोजनाहरुमा लगानी तथा जलबिद्युत क्षेत्रको विकासको लक्ष्यका साथ २०६८ सालमा कम्पनी स्थापना भएको थियो। 

चित्तबुझ्दो जवाफ नआए कारबाही 

एचआइडिसिएलले साउन १४ गते सोमबार मात्रै हकप्रद सम्बन्धी सूचना नेप्सेमा पठाएको बिजपाटीलाई जानकारी प्राप्त भएको छ। कम्पनीले सूचना सम्प्रेषण गर्ने कार्यमा ढिलाई गरेकाले नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्ने भएको छ। चित्तबुझ्दो जवाफ नआएमा कम्पनीको आधिकारिक निर्णय आउनु अगावैको कारोबार रद्ध गरी छानबिन हुन सक्ने र दोषीलाई कारबाही गर्ने नेप्सेले जनाएको छ।

त्यसो त गत बर्ष पनि इन्भेष्टमेन्ट बैंक र चिलिमे जलविद्युत कम्पनीले हदैसम्मको लापरबाही र कानून उल्लंघन गर्दा पनि उनीहरुलाई केहि कारबाही भएको थिएन। विश्वभर शर्त बमोजिमको सूचना नदिने कम्पनीलाई कारवाही गर्ने अधिकार त्यहाँको एक्सचेन्जलाई दिइएको हुन्छ। जबसम्म एक्सचेन्ज अधिकारसम्पन्न भएर यस्ता कम्पनीलाई नियमनको दायरामा ल्याउन सक्दैन तबसम्म शेयरबजारमा सुशासन र संस्थागत संस्कार विकास हुन सक्दैन र सर्वसाधारण लगानीकर्ता लुटिने क्रम जारि रहन्छ। 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved