नेपाल बैंकको एफपिओ थप ३ दिनको लागि बिक्रि खुला, कसले कसले पाउंछ आवेदन दिन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 31, 2018 | 10:51:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेडले निष्काशन गरेको एफपिओमा करिब २ अर्ब ६१  करोडको आवेदन परेको छ  । बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलका अनुसार एफपिओमा २३ हजार ६ सय २१ आवेदकबाट २ अर्ब ६१ करोड ८० लाख ७० हजारको आवेदन परेको हो । क्यापिटलले आइतबार बेलुका २ अर्ब ७० करोडको आवेदन परेको बताएपनि भेरिफाई गर्ने क्रममा संख्या घटेको जनाएको छ  । यो कुल निष्काशन रकमको ५३ प्रतिशत मात्र हो । बैंकको ४७ प्रतिशत शेयर बिक्रि हुन् नसकेको हो । 

बैंकले असार १५ गतेदेखि  प्रिमियम मूल्यमा एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ बिक्रि खुला गरेको थियो। बैंकले प्रति कित्ता १ सय अंकित मूल्यमा  १ सय ८० प्रिमियम थप गरी प्रति कित्ता २ सय ८० मा एफपिओ निष्काशन गरेको थियो  । कम्पनीले ४ अर्ब ९५ करोडको एफपिओ निष्काशन गरेको हो । 

बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले मंगलबारदेखि ३ दिनसम्मको लागि आवेदन पुन खुला गरेको छ  । यस अवधिमा बैंकका संथापक शेयरधनी, संचालक , कार्यकारी प्रमुख, लेखापरिक्षक, कम्पनी सचिव वा बैंकको ब्यबस्थापन तथा लेखा सम्बन्धि कार्यमा प्रत्येक्ष संलग्न व्यक्तिहरुले मात्र आवेदन दिन पाउने छन्।

त्यसपछि पनि शेयर बिक्रि नभएमा प्रत्याभूतकर्ताहरुले शेयर किन्नु पर्ने हुन्छ ।  बैंकको संस्थापक लगानीकर्तामा सरकार र केही सर्वसाधारण मात्र रहेका छन। बैंकमा सरकारको सेयर स्वामित्व  ६२.३८ प्रतिशत छ ।  सरकारको स्वामित्व ५१ प्रतिशतमा झार्न नै एफपिओ निष्काशन गरेको हुनाले सरकारले एफपिओ किन्ने सम्भावना कम छ  । बिहिबार साउन १७ गतेसम्म एफपिओ खुला राख्दा बिक्रि नभएको शेयर भने  प्रत्याभूतकर्ताहरुले खरिद गर्नु पर्ने । 

सीबीआईएल क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड, सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, सानिमा क्यापिटल लिमिटेडले बिक्रि भएको शेयर खरिद गर्ने छन् । जसमध्ये सीबीआईएल क्यापिटल र ग्लोबल आईएमई क्यापिटलले सबै भन्दा धेरै शेयर किन्नु पर्ने छ भने सिभिल क्यापिटलले सबै भन्दा कम शेयर किन्नु पर्ने हुन्छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved