नयाँ मोडलमा सिटिजन बैंकको रिजर्भमा देखियो यस्तो असर, लाभांश क्षमता कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Aug 01, 2018 | 09:34:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंकले नयाँ मोडल नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण सार्वजनिक गर्दा उसको वितरणयोग्य मुनाफा घटेको छ।  

पुरानो ढांचाको वित्तीय विवरण अनुसार उसको खुद मुनाफा १ अर्ब ४० करोड छ भने एनएफआरएस अन्तर्गत १ अर्ब २७ करोड मात्र देखिएको छ। १ अर्ब २७ करोड मध्ये पनि बैंकसंग सेयरधनिहरुलाई बाड्न सक्ने मुनाफा ९६ करोड ५१ लाख मात्र छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ३० करोड रुपैयाँ समायोजन गर्नुपर्दा उसको वितरणयोग्य खुद मुनाफा घटेको हो। 

त्यस्तै पुरानो ढांचाको वित्तीय विवरणमा बैंकले जगेडामा २ अर्ब ७६ करोड देखाएको छ भने नयाँ एनएफआरएस अन्तर्गतको विवरणमा ४ अर्ब ६१ करोड देखाएको छ। 

नयाँ ढाँचामा कर्जा नोक्शानी ब्यवस्था (प्रोभिजनिङ) र अन्य ब्यवस्था कायम गरी लेखाङ्कन गरेर मात्र नाफा/ नोक्सानको गणना गर्नुपर्ने हुन्छ। यसले प्रोभिजनिङ र आम्दानीमा असर पार्ने हुँदा बैंकहरुको वित्तीय विवरण आंकलन गरे भन्दा फरक आउन सक्ने विश्लेषण गरिएको छ।   

  


-नयाँ मोडलमा एनआईसीको वित्तीय विवरण, १४९ करोड कमाई हुँदा लाभांश क्षमता कति ?

-सिटिजन बैंकको प्रगतिले लगानीकर्तामा आशा जगायो, बैंकको यस्तो विवरणबाट लगानीकर्ताले के बुझ्ने ?

-बैंकहरुलाई प्रगति विवरण प्रकाशनमा एक महिना थप, अपेक्षा भन्दा फरक रिपोर्ट आउन सक्ने

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved