सिटिजन्स बैंकको एफपिओमा दोस्रो दिनसम्ममा ५ गुणा बढीको आवेदन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 01, 2018 | 06:05:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकको एफपिओमा दोस्रो दिनसम्ममा ५ गुणा बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले दिएको जानकारी अनुसार दोस्रो दिनसम्ममा एफपिओमा .२७ गुणा बढीको आवेदन परेको हो । बुधबार साँझ ५ बजेको तथ्यांक अनुसार एफपिओमा २३  हजार ८  सय ४५ जना आवेदकबाट २४ लाख ४८ हजार ५ सय कित्ताको लागि आवेदन परेको छ 

बैंकले ९ करोड २७ लाख रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्काशन गरेको हो । बैंकले एक सय अंकित मुल्यमा प्रिमियम थप गरेर प्रति कित्ता २०० रुपैयाँमा एफपीओ निष्काशन गरेको हो  ।  लगानीकर्ता  साउन १८ गतेसम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम २३ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । 

बैंकको संस्थापक शेयरधनी, संचालक र प्रबन्ध संचालकले एफपीओमा आवेदन दिन पाउने छैनन् । लगानीकर्ताले सम्पूर्ण सीआश्वा सदस्य बैंक तथा वित्तीय स्नास्थाबाट वा मेरोशेयर अनलाइनबाट आवेदन दिन सक्ने छन् । 

 एफपीओ बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ७ करोड पुग्नेछ। एफपीओ बिक्रिबाट बैंकको चुक्ता पुंजीमा ४ करोड ६३ लाख थपिनेछ भने प्रिमियम बापत प्राप्त रकम बैंकको जगेडा कोषमा जम्मा हुनेछ। संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ कायम गर्न बैंकले एफपिओ निष्कासनको बिकल्प रोज्नुपरेको हो। हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत तथा साधारण सेयरको ४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved