नयाँ मोडलमा ग्लोबल आइएमई बैंकको कमाईमा देखियो यस्तो असर, लाभांश क्षमता कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Aug 02, 2018 | 09:56:26 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैकले नयाँ मोडल नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण सार्वजनिक गर्दा उसको वितरणयोग्य मुनाफा उल्लेख्य मात्रामा बढेको छ। 

बैंकको खुद मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा करिब ८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक बर्ष २ अर्ब ६  करोड खुद मुनाफा गरेको बैंकले यस अवधिमा २ अर्ब १५ करोड खुद मुनाफा आर्जन गरेको छ। बैंकले १ अर्ब ९८ करोड खुद मुनाफा गरेपनि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार १७ करोड ४८ लाख समायोजन गर्दा उसको वितरणयोग्य मुनाफा बढेर २ अर्ब १५ करोड ६५ लाख पुगेको छ। 

बैंकको वितरणयोग्य मुनाफालाई आधार मान्दा उसले करिब २४ प्रतिशत लाभांश दिने क्षमता राख्छ।  यस अवधिमा बैंकको पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडीक्वेसी रेसियो - कार) ११.५३ प्रतिशत मात्र छ। जसले थप व्यवसाय वृद्धीका लागि पुजी बढाउन दवाव दिन्छ, यस अवस्थामा बैंकले वितरणयाेग्य मुनाफा बाेनस शेयर मार्फत पुंजी वृद्धिमा प्रयाेग गर्ने उच्च संभावना देखिन्छ ।

यस अवधिमा बैंकले १ खर्ब ६ अर्ब निक्षेप संकलन गरि ९३ अर्ब १२ करोड कर्जा प्रवाह गरेको छ भने यस अवधिमा बैंकको खराब कर्जा अनुपात १.६० प्रतिशतबाट घटेर ०.६९ प्रतिशतमा झरेको छ। 

बोनस सेयर मार्फत नै चुक्ता पुंजी ८ अर्ब ८८ करोड पुर्याएको बैंकको यस अवधिमा प्रति सेयर आम्दानी २२ रुपैयाँ ३० पैसा छ भने प्रति सेयर नेटवर्थ १५१ रुपैयाँ ४५ पैसा र मुल्य आम्दानी अनुपात ११.९५ गुणा छ। 

बैंकको कस्ट अफ फन्ड ७.०४ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७५.०४ प्रतिशत छ। जसले गर्दा बैंकले थप कर्जा बिस्तार गर्ने क्षमता राख्छ।  बैंकको आधार ब्याजदर १०.५५ प्रतिशत छ।     

नयाँ ढाँचामा कर्जा नोक्शानी ब्यवस्था (प्रोभिजनिङ) र अन्य ब्यवस्था कायम गरी लेखाङ्कन गरेर मात्र नाफा/ नोक्सानको गणना गर्नुपर्ने हुन्छ। यसले प्रोभिजनिङ र आम्दानीमा असर पार्ने हुँदा बैंकहरुको वित्तीय विवरण आंकलन गरे भन्दा फरक आउन सक्ने विश्लेषण गरिएको छ।   

नयाँ मोडलमा सिटिजन बैंकको रिजर्भमा देखियो यस्तो असर, लाभांश क्षमता कति ?

-नयाँ मोडलमा एनआईसीको वित्तीय विवरण, १४९ करोड कमाई हुँदा लाभांश क्षमता कति ?

-सिटिजन बैंकको प्रगतिले लगानीकर्तामा आशा जगायो, बैंकको यस्तो विवरणबाट लगानीकर्ताले के बुझ्ने ?

-बैंकहरुलाई प्रगति विवरण प्रकाशनमा एक महिना थप, अपेक्षा भन्दा फरक रिपोर्ट आउन सक्ने


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved