मन्जुश्रीले गर्यो लोभलाग्दो प्रगति, कमाई उल्लेख्य बढ्दा फाइनान्सको सेयरमा लगानी कति फाइदामुलक ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Aug 02, 2018 | 11:43:08 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्स लिमिटेडको उल्लेख्य प्रगति गरेको प्रगती विवरण सार्वजनिक गरेको छ। मन्जुश्रीले अघिल्लो आर्थिक बर्षको तुलनामा करिब ५१ प्रतिशतले बढाएर ९ करोड ७० लाख खुद मुनाफा गरेको छ। अघिल्लो आर्थिक बर्ष फाइनान्सले ६ करोड ४२ लाख खुद मुनाफा गरेको थियो। 

यस अवधिमा फाइनान्सले निक्षेप संकलन तथा कर्जा लगानीमा उल्लेख्य प्रगति गरेको छ। यस अवधिमा उसले ६ अर्ब ७ करोड निक्षेप संकलन गरि ५ अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ। मन्जुश्रीले अघिल्लो आर्थिक बर्ष ३ अर्ब ५८ करोड निक्षेप संकलन गरि ३ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको थियो।

वित्तीय बजारमा महँगो ब्याजदरको प्रतिस्पर्धामा मन्जुश्री खरो उत्रिएको छ। यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानि अघिल्लो आर्थिक बर्षको तुलनामा करिब ३० प्रतिशतले बढेर २४ करोड ५० लाख पुगेको छ। 

६ प्रतिशत बोनस र ५ प्रतिशत हकप्रद वितरण गरेर चुक्ता पुंजी ८० करोड नघाएको मन्जुश्रीको प्रति सेयर आम्दानि ९ रुपैयाँबाट १२ रुपैयाँ पुगेको छ। त्यस्तै उसको प्रति सेयर नेटवर्थ ११६ रुपैयाँ ९२ पैसा छ भने मुल्य आम्दानीको अनुपात ९.७० गुणा छ। 

ब्यापार बिस्तारमा उल्लेख प्रगति गरेको र दोस्रो बजारमा मन्जुश्रीको शेयर नेटवर्थकै हाराहारीमा कारोबार भएको अवस्थामा मन्जुश्रीको शेयरमा लगानी अत्यन्त सुरक्षित देखिन्छ। खराब कर्जा अनुपात १.९८ प्रतिशतबाट बढेर २.११ प्रतिशतमा पुग्नु बाहेक फाइनान्सका अन्य वित्तीय सूचक बलियो देखिन्छ।   १० प्रतिशत भन्दा बढी लाभांश दिने क्षमता भएकाले लगानीकर्तालाई कम्पनीको शेयरमा लगानी प्रतिफल मुलक देखिन्छ।

अघिल्लो आर्थिक बर्ष मन्जुश्रीले ६ करोड ४२ लाख खुद मुनाफा गरेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। -सम्पादक 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved