नेपाल बैंकको एफपिओ आज बाँडफांड हुदै, ८३ लाख कित्ता बढी शेयर प्रत्याभूतकर्ताले खरिद गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 05, 2018 | 11:48:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले निष्काशन गरेको एफपिओ आज आइतबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले दिएको जानकारी अनुसार आज दिउँसो १ बजे क्यापिटल कै कार्यालय नक्सालमा शेयर बांडफांड हुन् लागेको हो  । 

बैंकले एक सय अंकित मुल्यमा १८० प्रिमियम थप गरि १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता सेयर निष्काशन गरेको थियो । जस मध्ये ९३ लाख ७५ हजार ६ सय ५० कित्ताको लागि मात्र आवेदन परेको छ । कम आवेदन परेकोले सबै आवेदनले आफुले माग गरे बमोजिम कै शेयर पाउने छन् । २३ हजार ६ सय २४ आवेदकले माग गरे अनुसार कै शेयर पाउने भएका हुन् ।

  बिक्रि हुन नसकेको ८३ लाख ९ हजार १०८ कित्ता सेयर एफपिओमा प्रत्याभुति गरेका ८ मर्चेन्ट बैंकले सकार्नेछन्। सीबीआईएल क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड, सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, सानिमा क्यापिटल लिमिटेडले बिक्रि भएको शेयर खरिद गर्ने छन् । जसमध्ये सीबीआईएल क्यापिटल र ग्लोबल आईएमई क्यापिटलले सबै भन्दा धेरै शेयर किन्नु पर्ने छ भने सिभिल क्यापिटलले सबै भन्दा कम शेयर किन्नु पर्ने हुन्छ ।  

यो पनि : 

सीईओ शाहको दम्भले नेपाल बैंकको कन्तबिजोग, कसको स्वार्थमा बज्यो एफपीओको बेमौसमी बाजा ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved