घटेको बजारमा सिटी एक्प्रेस फाइनान्सका लगानीकर्ताले सर्बाधिक कमाए, सानिमा माईको कारोबार उच्च

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 05, 2018 | 03:49:32 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको पहिलो दिन आज आइतार बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । आज सूचक १.४३ अंकले घटेर ११८९.८८ को बिन्दुमा रोकिएको छ । आज कारोबारमा आएका १ सय ६० कम्पनीका ५ लाख ९७ हजार ७ सय ९७ कित्ता शेयर खरिद बिक्रिबाट १६ करोड ७० लाख ४९ हजार ६ सय ८४ रुपैयाँको कारोबार भएको छ ।

आज सानिमा माई हाइड्रोको सबै भन्दा धेरै ८० लाख ९४ हजार बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा महुली लघुवित्त, एभरेस्ट बैंक, नबिल बैंक, स्ट्याण्डर्ड बैंक लगायत रहेका छन् ।

आज कारोबारमा आएका बैंकिंग, हाइड्रो, फाइनान्स, निर्जीवन बिमा र उत्पादन बाहेकका सबै सूचक बढेका छन् ।

यस दिन सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.८२ प्रतिशत कमाएका छन् । धेरै कमाउने कम्पनीको सुचीमा आरएमडिसी लघुवित्त, महालक्ष्मी विकास बैंक, एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड १, खानीखोला हाइड्रो लगायत रहेका छन् ।

आज आईएमआई जनरल इन्स्योरेन्सका लगानीकर्ताले सर्बाधिक ५.३० प्रतिशत गुमाएका छन् । अन्य बढी घाटा कमाउने कम्पनीमा प्रोग्रेशिभ फाइनान्स, रैरांग हाइड्रो, महुली लघुवित्त लगायत रहेका छन् । आज सानिमा माई हाइड्रोको सर्बाधिक २५ हजार ७ सय ८४ कित्ता शेयर खरिद बिक्रि भएका छन्  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved