प्रोग्रेशिभ फाइनान्सले भदौ ५ देखि हकप्रद निष्काशन गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 06, 2018 | 11:39:09 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स कम्पनीले भदौ ५ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले  २.८१ अनुपातमा २८१ प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो । अब फाइनान्सले  ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद निष्काशन गर्ने छ । हकप्रद निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि साउन २३ गते बुक क्लोज गरेकोले साउन २२ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् । लगानीकर्ताले असोज ८ गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

हकप्रद भर्नको लागि निम्न केन्द्र तोकिएका छन् 


 फाइनान्सको गत जेठ २ गते सम्पन्न विशेष साधारणसभाले २८१ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । हाल कम्पनीको चुक्ता पुंजी २१ करोड रुपैयाँ रहेको छ । २८१ प्रतिशत हकप्रद निष्काशनपछि चुक्ता पुंजी  ८० करोड १० लाख रुपैयाँ पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved