एचआईडिसीएल इनसाइड ट्रेडिङ प्रकरण: कम्पनीले दियो झारो टार्ने जवाफ

सचेत गराएर छाडियो
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 06, 2018 | 01:49:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) लाई सचेत गराएको छ  । हकप्रदको आधिकारिक सुचना नेप्से मार्फत सार्बजनिक गर्नु अगाडी नै सूचना चुहाएर इनसाइड ट्रेडिङ  गरेको आशंकामा नेप्सेले कम्पनीलाई स्पष्टीकरण सोधेको थियो । कम्पनीले साउन ११ गते शुक्रबार शतप्रतिशत हकप्रदको निर्णय गरेपनि त्यसको जानकारी भने सोमबार मात्र गराएको थियो । 

तर कम्पनीले आफुले नियतबश त्यस्तो नगरेको जवाफा पेश गरेको थियो ।  कम्पनीले शुक्रबार निर्णय भएको भएपनि संचालकहरु आइतबार मात्र उपलब्ध भएको र सोमबार निर्णय पठाईएको जवाफ दिएको हो ।  कम्पनीले सामान्य मानवीय कमजोरी भएको जवाफ नेप्सेलाई पेश गरेको हो  । 

कम्पनीको जवाफसंगै नेप्सेले सचेत गराएर छाडेको छ । अब सजक रहन भन्दै सचेत गराईएको नेप्से प्रबक्ता मुराहरी पराजुलीले जानकारी दिए ।  कम्पनीले पनि अब सचेत रहने प्रतिबद्दता व्यक्त गरेका हुन्  । 

लगानीकर्ताले कम्पनीले इनसाइड ट्रेडिङ गरेको आरोप आइतबारको शेयर कारोबार रद्द गर्न माग गरेका थिए।  

कम्पनीले चुक्ता पुंजी १० अर्बबाट बढाएर २० अर्ब पुर्याउने उदेश्यले शतप्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब साधारणसभामा लैजान लागेको हो। कम्पनीको दश करोड कित्ता शेयर नेप्सेमा सुचीकृत छ। जस मध्ये सर्वसाधारणको २ करोड कित्ता रहेको छ भने कम्पनीमा सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोष लगायतका सरकारी निकायको ८० प्रतिशत शेयर स्वामित्व छ। जलविद्युत आयोजनाहरुमा लगानी तथा जलबिद्युत क्षेत्रको विकासको लक्ष्यका साथ २०६८ सालमा कम्पनी स्थापना भएको थियो। 

यो पनि : 

एचआइडिसिएलको शेयर कारोबारमा इन्साईडर ट्रेडिङ, होला त सचिब र विद्वानको टिमलाई कारबाही ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved