सिद्दार्थ बैंकको नयाँ मोडलको विवरणले लगानीकर्ता अलमलमा, कसरि छुट्टाउने इपिएस र लाभांश क्षमता ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 06, 2018 | 02:52:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आर्थिक बर्ष २ अर्ब ४५ करोड खुद मुनाफा गरेको उसले जारि गरेको वित्तीय विवरणमा उल्लेख छ। अघिल्लो आर्थिक बर्ष बैकले १ अर्ब ३८ करोड खुद मुनाफा गरेको थियो। 

खुद मुनाफा २ अर्ब ४५ करोड देखिए पनि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ६० करोड ४५ लाख रुपैयाँ समायोजन गर्नुपर्दा वितरणयोग्य खुद मुनाफा १ अर्ब ८५ करोड भएको बैंकको वित्तीय बिबरणमा उल्लेख छ।  

बैकको वितरणयोग्य मुनाफालाई आधार मान्दा उसले करिब २२ प्रतिशत लाभांश दिने क्षमता राख्छ। यस अवधिमा बैकको पुंजी पर्याप्तता अनुपात (क्यापिटल एडीक्वेसी रेसियो - कार) १२.४३  प्रतिशत मात्र छ। यस अवस्थामा बैंकले वितरणयोग्य मुनाफाबाट मिश्रित लाभांश (बोनस प्राथमिकतामा) दिन सक्ने देखिन्छ। 

हकप्रद र बोनस मार्फत चुक्ता पुंजी ८ अर्ब ४६ करोड पुर्याएको बैंकले प्रति सेयर आम्दानी २९ रुपैयाँ ०६ पैसा देखाएको छ। तर एनएफआरएस अन्तर्गतको विवरणमा उसको डायलुटेड प्रति सेयर आम्दानी ३४ रुपैयाँ १६ पैसा देखाइएको छ भने पुरानो ढांचाको वित्तीय विवरणमा उसको खुद मुनाफा १ अर्ब ८५ करोड हुँदा प्रतिसेयर आम्दानि २१ रुपैयाँ ९१ पैसा देखाइएको छ। बैंकको वित्तीय विवरणमा उसको प्रति सेयर आम्दानि कति भन्ने कुरा स्पष्ट नहुँदा सेयरलगानीकर्तामा अन्यौलता देखिएको छ। 

एनएफआरएस अनुसारको वितरणयोग्य खुद मुनाफाबाट अनिवार्य समायोजन गर्नुपर्ने रकम समेत समायोजन भएको छ छैन वा गर्नुपर्ने हो होइन भन्ने कुरामा समेत स्पष्टता नहुँदा बैंकको लाभांश क्षमता कति हो भन्ने कुरामा समेत स्पष्टता हुन नसकेको देखिन्छ।     

यस अवधीमा बैंकले १ खर्ब १ अर्ब ७४ करोड निक्षेप संकलन गरि ८६ अर्ब १३ करोड कर्जा लगानी गरेको छ भने उसको जगेडा कोष रकम ५  अर्ब ८५ करोड पुगेको छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात १.१५ प्रतिशतबाट १.०५ प्रतिशतमा झरेको छ। 

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७४.२३ प्रतिशत छ। जसले गर्दा बैंकले थप कर्जा बिस्तार गर्ने क्षमता राख्छ। बैंकको आधार ब्याजदर ११.१६ प्रतिशत छ भने कोषको लागत ७.६३ प्रतिशत छ ।   

नयाँ ढाँचामा कर्जा नोक्शानी ब्यवस्था (प्रोभिजनिङ) र अन्य ब्यवस्था कायम गरी लेखाङ्कन गरेर मात्र नाफा/ नोक्सानको गणना गर्नुपर्ने हुन्छ। यसले प्रोभिजनिङ र आम्दानीमा असर पार्ने हुँदा बैंकहरुको वित्तीय विवरण आंकलन गरे भन्दा फरक आउन सक्ने विश्लेषण गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved