शेयर बजार सुस्त, कारोबार रकम १९ करोड मै सिमित, कमाउनेमा सपोर्ट माइक्रोफाइनान्स अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 06, 2018 | 04:42:54 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार शेयर बजार परिसूचक नेप्से झिनो अंकले ओरालो लागेको छ । आज सूचक ०.२१ अंकले घटेर ११८९.६७ को बिन्दु पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ४८ कम्पनीका ७ लाख ९६ हजार ७ सय ३४ कित्ता शेयर खरिद बिक्रिबाट १९ करोड १७ लाख ४८ हजार १ सय २० रुपैयाँको कारोबार भएको छ । 

आज कारोबारमा आएका बैंकिंग, ट्रेडिङ, हाइड्रो, फाइनान्स र माइक्रोफाइनान्स बाहेकका सूचक घटेका छन् ।

आज प्रोग्रेशिभ फाइनान्सको संस्थापक शेयरको सर्बाधिक २ करोड ४३ लाख बढीको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा छिमेक लघुवित्त, प्रोग्रेशिभ फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इनभेस्टमेन्ट संस्थापक शेयर लगायत रहेका छन् ।

आज सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य सर्बाधिक ९.९६ प्रतिशतले बढेको छ । अन्य बढी कमाउनेमा प्रोग्रेशिभ फाइनान्स, रिडी हाइड्रोपावर, छिमेक लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन लगायत रहेका छन् ।

आज मल्टीपर्पोज फाइनान्सका लगानीकर्ताले सर्बाधिक ८.६३ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा सिटी एक्सप्रेस फाइनान्स, नयाँ नेपाल लघुवित्त, सुर्योदय लघुवित्त, हाथवे फाइनान्स लगायत रहेका छन् ।





 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved