फर्स्ट माइक्रोफाइनान्स बन्यो लाभांश घोषणा गर्नेमा पनि पहिलो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 07, 2018 | 11:42:47 AM मा प्रकाशित

laxmi  sunrise bank

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट लाभांश घोषणा गरेको छ कम्पनीको साउन २१ गते बसेको संचालक समितिको बैठकले  गत आर्थिक वर्षको नाफाबाट १२.६३१६ % नगद लाभांश दिने प्रस्ताव गरेको हो ।  यस संगै फर्स्ट माइक्रोफाइनान्स सेयरधनीलाई लाभांश घोषणा गर्ने पहिलो कम्पनी बनेको छ । वित्तीय विवरण सार्वजनिक गर्न सधैं पहिलो हुने गरेको फर्स्ट माइक्रोफाइनान्सले फर्स्टमै गत आर्थिक बर्षको लाभांश पनि घोषणा गरेको हो 

कम्पनीले  १२.६३% ले हुने ८ करोड ६४ लाख ४९ हजार ७४३ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुंती इद्येपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । 


कम्पनीले गत आर्थिक बर्षमा १० करोड २१ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको थियो । कम्पनीले २०७३।७४ को चौथो त्रैमासको तुलनामा खुद नाफा २७.४३% ले बढाएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved