घटेको बजारमा २ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाए, गुमाउनेमा फर्स्ट माइक्रोफाइनान्स अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 07, 2018 | 04:22:09 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक १.४६ अंकले घटेर  ११८८.२१ को बिन्दुमा रोकिएको छ । आज कारोबारमा आएका १ सय ५७ कम्पनीका ९ लाख ९ हजार ३ सय ४१ कित्ता शेयर खरिद बिक्रिबाट २१ करोड ३७ लाख ९१ हजार ३ सय १५ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका होटेल, निर्जीवन बिमा कम्पनी र अन्य समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् ।

आज प्रोग्रेशिभ फाइनान्सको संस्थापक शेयरको सबै भन्दा धेरै ३ करोड ४६ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा फर्स्ट माइक्रोफाइनान्स, छिमेक लघुवित्त, नेपाल इन्भेस्टमेन्ट बैंक, सानिमा बैंक लगायत रहेका छन् ।

आज सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.९३ प्रतिशत कमाएका छन् भने प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताले ९.४० प्रतिशत कमाएका छन् । त्यस्तै भार्गव विकास बैंकको शेयर मूल्य ८.८- प्रतिशत, आरम्भ माइक्रोफाइनान्सको शेयर मूल्य ३.९५ प्रतिशत तथा युनाईटेड इन्स्योरेन्सको शेयर मूल्य ३.६९ प्रतिशतले बढेको छ ।

आज फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.५१ प्रतिशत गुमाएका छन् । आज नै कम्पनीले १२.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । अन्य बढी गुमाउनेमा श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स, सिनर्जी पावर, नेरुदी लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स लगायत रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved