मिर्मिरे लघुवित्तको शेयर रजिस्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग नियुक्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 08, 2018 | 06:55:51 PM मा प्रकाशित

laxmi  sunrise bank

 मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड शेयर रजिस्ट्रारमा नियुक्त गरेको छ । सम्झौतामा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक रमेश घिमिरे र मिर्मिरे लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीश्वर देवकोटाले हस्ताक्षर गरेका हुन । 

सम्झौता अनुसार एसबिआई मर्चेन्ट बैंकिङ्गले मिर्मिरे लघुवितको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रेशन सँग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्ने छ ।

उक्त कम्पनीको शेयर रजिष्ट्रार (RTS) सम्बन्धि सेवा प्रारम्भ हुने मिति सार्वजनिक सूचना मार्फत सर्वसाधरण शेयरधनीलाई जानकारी गराईने जानकारी कम्पनीले दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved