20 Oct, 2018 | ३ कार्तिक २०७५ | शनिवार




Bizpati Reporter

Follow us on

सिटिजन्स बैंकको एफपिओ शुक्रबार बाँडफांड हुदै, १६ हजार ३ सय बढीले शेयर नपाउने

Posted on:August 09, 2018

citizen bank

सिटिजन्स बैंकको एफपिओ शुक्रबार बाँडफांड हुने भएको छ ।  बिक्रि प्रबन्धका ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान ९ बजे आफ्नै कार्यालयमा एफपिओ बाँडफांड गर्ने जानकारी दिएको हो  ।  

एफपिओना १३.१५ गुणा बढी आवेदन परेको छ  । बैंकले असार १५ गतेदेखि ९ करोड २७ लाख रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्काशन गरेको हो । बैंकले सय रुपैयाँ अंकित मूल्यमा १ सय प्रिमियम थप गरी प्रति कित्ता २ सय रुपैयाँमा एफपिओ निष्काशन गरेको हो  ।  

एफपिओमा ६२ हजार ७ सय ५६ जना आवेदकबाट १ अर्ब २२ करोड ६४ हजारको आवेदन परेको हो  । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले ६१ लाख ३ सय २२० कित्ताको लागि आवेदन परेको जनाएको हो । बढी आवेदन परेपछि गोलाप्रथाबाट शेयर बाँडफांड हुने पक्का भएको छ  ।  गोलाप्रथाबाट ४६ हजार ३ सय ८३ जनाले शेयर पाउने छन् भने १६ हजार ३ सय ७४ जना हात खाली हुने छन्  ।

 एफपीओ बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ७ करोड पुग्नेछ। एफपीओ बिक्रिबाट बैंकको चुक्ता पुंजीमा ४ करोड ६३ लाख थपिनेछ भने प्रिमियम बापत प्राप्त रकम बैंकको जगेडा कोषमा जम्मा हुनेछ। संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ कायम गर्न बैंकले एफपिओ निष्कासनको बिकल्प रोज्नुपरेको हो। हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत तथा साधारण सेयरको ४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ । 

Share your thoughts!

Loading...

Trending