साताभर घट्यो नेप्से, अन्तिम दिन १९ करोडको कारोबार, कमाउनेमा आरम्भ अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 09, 2018 | 04:09:47 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ६.६९ अंकले घटेर ११८०.६३ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १६३ कम्पनीका ८ लाख ६९ हजार ३ सय ७ कित्ता शेयर खरिद बिक्रिबाट १९ करोड ६९ लाख ४५ हजार २ सय ३७ रुपैयाँको कारोबार भएको छ ।

आज ट्रेडिङ समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् ।

आज नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै २ करोड १९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा सपोर्ट माइक्रो फाइनान्स, सानिमा माई हाइड्रो, नेपाल टेलिकम, ग्लोबल आईएमई बैंक लगायत रहेका छन् ।

आज आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ३.८७ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा साल्ट ट्रेडिङ, एनएमबि हाईब्रिड फण्ड एल वान, राष्ट्रिय बिमा कम्पनी, श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स लगायत रहेका छन् ।

आज मल्टीपर्पोज फाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.०९ प्रतिशेत गुमाएका छन् । अन्य बढी गुमाउनेमा सपोर्ट माइक्रो फाइनान्स, खानी खोला हाइड्रो, पुर्णिमा विकास बैंक, तारागाउ होटेल लगायत रहेका छन् ।

यस साता भर नेप्से सूचक १०.६८ अंकले घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved