लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३७ प्रतिशत लाभांश दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 09, 2018 | 07:02:52 PM मा प्रकाशित

laxmi  sunrise bank

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीको आज २४ गते बिहिबार बसेको संचालक समितिको बैठकले ३६ प्रतिशत बोनस शेयर र १.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । 

बैठकले आर्थिक बर्ष २०७३/७४ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पू‘जी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजारको ३६ प्रतिशत बोनस तथा बोनसमा लाग्ने कर प्रयोजनको लागि  १.८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि कम्पनीको आगामी संचालक समितिले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ  । 


३६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब ८१ करोड १५ लाख पुग्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved