४६ हजार ३ सय ८२ जनाले पाए सिटिजन्स बैंकको एफपिओ, बिजपाटीमा यसरी हेर्नुस आफ्नो नतिजा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 10, 2018 | 10:56:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकको एफपिओ शुक्रबार बाँडफांड भएको छ ।  बिक्रि प्रबन्धका ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान ९ बजे आफ्नै कार्यालयमा एफपिओ बाँडफांड गरेको हो  ।  जस अनुसार गोलाप्रथाबाट ४६ हजार ३ सय ८२ जनाले शेयर पाएका छन्  । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकि सबैले समान १० कित्ताको दरले शेयर पाएका छन्  ।

बैंकले असार १५ गतेदेखि ९ करोड २७ लाख रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्काशन गरेको हो । बैंकले सय रुपैयाँ अंकित मूल्यमा १ सय प्रिमियम थप गरी प्रति कित्ता २ सय रुपैयाँमा एफपिओ निष्काशन गरेको हो  ।   एफपिओमा ६२ हजार ७ सय ९ जना योग्य आवेदकबाट ६१ लाख ५ हजार ६ सय ३० कित्ताको शेयर माग भएको थियो । जस मध्ये ४६ हजार ३ सय ८२ जनाले मात्र शेयर पाएका छन्  । १६ हजार ३२७ जनाकाे हात खाली भएकाे छ । ७३ आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ ।


आईपिओको नतिजा हेर्न बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS क्लिक गर्नु होस् र कम्पनीमा  सिटिजन्स बैंक कम्पनी छनौट गरी Full Name लेखिएको स्थानमा आफ्नो नाम लेखि search बटममा क्लिक गर्नु होस्। http://bizpati.com/ipo/results मा क्लिक गरेर पनि उक्त पेजमा जान सकिन्छ । आईपिओ परेको भए नाम र परेको कित्ता देखाउछ भने आईपिओ नपरेको भए केहि देखाउदैन ।    

 एफपीओ बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ७ करोड पुग्नेछ। एफपीओ बिक्रिबाट बैंकको चुक्ता पुंजीमा ४ करोड ६३ लाख थपिनेछ भने प्रिमियम बापत प्राप्त रकम बैंकको जगेडा कोषमा जम्मा हुनेछ। संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ कायम गर्न बैंकले एफपिओ निष्कासनको बिकल्प रोज्नुपरेको हो। हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत तथा साधारण सेयरको ४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved