यी हुन् गत आर्थिक बर्षका 'टप टेन पपुलर शेयर'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 10, 2018 | 01:32:49 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक बर्ष २०७४/७५ मा नेप्से बियरिस ट्रेन्डमा गएको छ । गत आर्थिक बर्षमा कारोबार रकम ४०.७९ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षमा २९ करोड ३८ लाख १७ हजार ५ सय ३० कित्ता शेयर खरिद बिक्रिबाट १ खर्ब २१ अर्ब बराबरको कारोबार भएको छ  ।

गत आर्थिक बर्षमा नेपाल लाइफ इन्स्योरेन्सको शेयरको सर्बाधिक कारोबार भएको छ  । कम्पनीको ४ अर्ब ७५ करोड बराबरको शेयर कारोबार भएको हो। त्यस्तै दोस्रो सर्बाधिक कारोबार हुनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ , जसको ३ अर्ब ९९ करोड बढीको कारोबार भएको छ । 

तेस्रो स्थानमा २ अर्ब ९५ करोड कारोबार सहित नेपाल बैंक, चौथोमा २ अर्ब ८१ करोड कारोबार सहित नेपाल इन्भेस्टमेन्ट बैंक तथा पाचौमा २ अर्ब ६३ करोड कारोबार सहित एभरेस्ट बैंक रहेको छ । त्यस्तै छैठौमा २ अर्ब ५९ करोडको कारोबार सहित नबिल बैंक, सातौमा २ अर्ब २५ करोडको कारोबार सहित सानिमा बैंक, आठौमा २ अर्ब २४ करोडको कारोबार सहित नेपाल टेलिकम, ९ औ मा २ अर्ब १६ करोड कारोबार सहित राष्ट्रिय बिमा कम्पनी संस्थापाक र १० औ स्थानमा २ अर्ब १६ करोड कारोबार सहित चिलिमे हाइड्रोपावर रहेका छन् ।

त्यस्तै सर्बाधिक शेयर कारोबार हुनेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकको ८५ लाख ५६ हजार कित्ता शेयर कारोबार भएको छ । त्यस्तै ७१ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको जनता बैंक दोस्रो स्थानमा रहेको छ । तेस्रोमा ६२ लाख ६५ हजार कित्ता शेयर कारोबार सहित सिभिल बैंक तेस्रो स्थानमा रहेको छ । 

त्यस्तै नेशनल हाइड्रोपावर कम्पनी ६२ लाख ७ हजार कित्ता, सानिमा बैंक ६० लाख ५१ हजार कित्ता, प्रभु बैंक ५९ लाख १६ हजार कित्ता, कुमारी बैंक ५५ लाख ३६ हजार कित्ता क्रमश चौथो, पाचौ, छैठौ र सातौ स्थानमा रहेका छन् । आठौ स्थानमा ४९ लाख ५० हजार शेयर कारोबार भएको सेन्चुरी बैंक, ९ औ स्थानमा ४८ लाख ४९ हजार कित्ता शेयर कारोबार भएको एनसीसी बैंक र दशौ स्थानमा ४६ लाख ७६ हजार कित्ता शेयर कारोबार सहित ग्लोबल आईएमई बैंक रहेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved