नयाँ नेपाल लघुवित्तको २ सय ५० प्रतिशत हकप्रद बिक्रि खुला

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 12, 2018 | 09:07:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ नेपाल लघुवित्तले आज साउन २७ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ  । कम्पनीले १:२.५ को अनुपातमा २ सय ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो  ।   लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले ६ लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो  ।

हकप्रद निष्काशनको प्रयोजनार्थ कम्पनीले श्रावण ७ गते एक दिनको लागि सेयर धनी दर्ता किताब बन्द गरेको थियो  । साउन ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन्  । लगानीकर्ताले भदौ ३१ गतेसम्म हकप्रद भर्न सक्ने छन्  ।

कम्पनीको हकप्रदले इक्रा नेपालबाट ग्रेड ५ को रेटिङ पाएको छ जसले कम्पनीको अवस्था कमजोर रहेको जनाउँछ ।

 हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ । कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved