'पुंजीबजारमा गरिएको लगानी कहिल्यै पनि घाटामा जादैन'

'अब नबढोस भनेपनि शेयर बजार बढ्छ'
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 12, 2018 | 10:23:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले पुंजीबजारमा गरिएको लगानी कहिल्यै पनि घाटामा नजाने बताएका छन् । नेपाल पुंजीबजार लगानीकर्ता संघले आइतबार राजधानीमा गरेको एक अन्तरक्रिया कार्यक्रममा गभर्नर नेपालले पुंजीबजारमा गरिएको लगानी कहिल्यै पनि घाटामा नजाने बताउदै लगानीकर्तालाई आश्वस्त पारेका हुन् 

शेयर बजार निरन्तर घटिरहेको सन्दर्भमा पुंजीबजार लगानीकर्ता संघले शेयर बजारका सबै नियामकलाई एकै मंचमा राखेर अन्तरक्रिया कार्यक्रम गरेको हो। कार्यक्रममा गभर्नर नेपालले अध्ययन गरेर लगानी गरे शेयरमा गरिएको लगानी कहिल्यै पनि घाटामा नजाने दाबी गरेका हुन् । उनले पुंजीबजारमा लाई जुवा घरको रुपमा नहेर्न पनि लगानीकर्तालाई आग्रह गरे। उनले भने 'शेयर बजार जुवा घर होइन, यो आर्थिक विकासको पूर्वाधार हो, छरिएर बसेको पुंजी लाई संकलन गर्ने ठाउ हो, शेयरबजारको आगामी दिन राम्रो छ' । 

उदाहरण दिदै गभर्नर नेपालले भने 'पुंजीबजारमा लगानी गर्दा सुरुमा ५० पैसा मात्र रिटर्न आउला, तर त्यही ५० पैसा बढेर १ हजारसम्म कमाउने ठाउँ हो पूँजीबजार । जुवामा त्यो सय हारेपछि फिर्ता आउदैन।’ 

नेपाल राष्ट्र बैंकले बजारको सुधारको लागि विभिन्न कार्यहरु गरेको जन्क्दारी दिदै गभर्नर नेपालले आगामी दिन अब पछाडी फर्केर हेर्नु नपर्ने बताए। उनले भने 'अहिले बजार बढ्ने प्रसस्त आधारहरु बनेको छ, अब कसैले बजार बढ्नु भएन पनि बजार बढ्छ'।  

आफु शेयर बजारप्रति गम्भीर भएको बजार घटेको चिन्ताले नै सबै नियामकक प्रमुख एक स्थानमा आएको उनले बताए । आफु धितोपत्र बोर्डको अध्यक्ष हुँदा नेप्से सूचक ११ सय बिन्दु पुगेको र आफु नै गभर्नर हुँदा नेप्सेले १८८० बिन्दु पारे गरेको उनको कथन थियो ।

गभर्नर नेपालले बजार सुधारका लागि राष्ट्र बैंकले गरिरहेको कार्यको चर्चा गरेका थिए । उनले अहिले राष्ट्र बैंकले हरेक स्थानीय तहमा बाणिज्य बैंकले शाखा खोल्नु पर्ने नियम ल्याएकोले छिट्टै नै बैंकहरुले ब्रोकर लाइसेन्स पाउने हुँदा त्यसपछि देशभर पुंजीबजारको विस्तार हुने दाबी गरे । तरलताको समस्या हल गर्न बिदेशी मुद्रामा ऋण ल्याउने सुबिधा दिएको चर्चा गर्दै उनले आगामी दिनमा पुंजीबजारको भविष्य राम्रो रहेको बताए । 

शेयरबजारसंवेदनशील बिषय रहेको स्मरण गराउदै गभर्नर नेपालले क्षणििक रुपमा घाटा हुँदा हरेस नखाई , बजार घट्यो भने बर्बाद हुन्छ भन्ने मानसिकतालाई त्यागेर लगानी गरे भबिश्य उज्वल रहेको बिश्वास दिलाए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved