मिर्मिरे लघुवित्त र जेबिल्स फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 13, 2018 | 08:16:44 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र जेबिल्स फाइनान्सको हकप्रद भर्ने आज साउन २८ गते अन्तिम दिन रहेको छ । 

मिर्मिरे लघुवित्तले असार २७ गतेदेखि हकप्रद निष्काशन गरेको हो । कम्पनीले   १:१ को अनुपातमा शत प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। हकप्रद निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

जेठ १७ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने कम्पनीले जनाएको छ । हकप्रद भर्ने म्याद आज साउन २८ गतेसम्म रहेको छ । कम्पनीले ३०.८० प्रतिशत बोनस घोषणा गरेको थियो ।  बोनस र शतप्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी  कम्पनीको चुक्ता पुंजी १० करोड ३८ लाख पुग्ने छ । 

त्यस्तै जेबिल्स फाइनान्सले असार १० गतेदेखि  १०:४ को अनुपातमा ४० प्रतिशत हकप्रद निष्काशन गरेको हो ।   कम्पनीले २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको २३ लाख ११ हजार ६ सय ५० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । 

कम्पनीले यस अगाडी  साउन ११ गतेसम्म हकप्रद भर्न सकिने जनाएकोमा १५ म्याद थप गरी साउन २८ मा मात्र हकप्रद निष्काशन बन्द हुने जनाएको थियो। 

कम्पनीको बिक्रि प्रबन्धक सनराइज क्यापिटल रहेको छ  । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ २२ सम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद भर्न सक्ने छन् । 

लगानीकर्ताले सनराइज क्यापिटलको कार्यालय कमलपोखरी, जेबिल्स फाइनान्सको कार्यालय न्युरोड, सन्राइज बैंकको शाखाहरु बिराटनगर, पोखरा, बिरगंज, बुटवल, नारायणगढ, तथा सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्था बाट हकप्रद भर्न सक्ने  छन्।

 कम्पनीले हालै बिक्रि गरेको शतप्रतिशत हकप्रद र अब निष्काशन हुने ४० प्रतिशत हकप्रदले समेत पाउने गरि  १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो। गत असोज २ देखि कात्तिक २० सम्म बिक्रि खुला गरेको शतप्रतिशत हकप्रद र अब निष्काशन हुने ४० प्रतिशत हकप्रदले समेत पाउने हुँदा उक्त बोनस सेयरको दर ३.५७ प्रतिशत हुन आउंछ।  

 शतप्रतिशत हकप्रद र  ४० प्रतिशत हकप्रद र बोनस शेयरपछि फाइनान्सको चुक्ता पुंजी  ८३ करोड ७९ लाख ७३ हजार १२५ पुग्नेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved