यी हुन् शेयर बजार निरन्तर घट्नुका ६ कारण र समाधानका उपाय

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 13, 2018 | 08:56:25 AM मा प्रकाशित

laxmi  sunrise bank

छोटेलाल रौनियार 

नेपालको शेयरबजार अहिले धराशायी अवस्थामा पुगेको छ । २० बिलियन डलरको बजार घटेर अहिले १३ बिलियन डलरमा सिमित भएको छ  । अहिलेको बजार आईसीयुमा उपचार गराईरहेको बजार हो  ।  यस्तो अवस्थामा पनि नियामक निकायह्हरु नेप्से, धितोपत्र, राष्ट्र बैंक लगायत कानमा तेल हालेर बसेका छन्  । 

अब हामीले बजार किन घट्यो भनेर समीक्षा गरी यसको समाधान गर्नु पर्ने बेला आएको छ  । बजार घट्नुमा मुख्यत ६ वटा कारण हरु छन्  । 

१. लिक्वीडिटी क्रंच अर्थात् तरलता अभाव  । बजारमा अझै लिक्वीडिटी क्रंच देखिएको  । ६ देखि ७ प्रतिशतमा रहेको बैंकहरुको ब्याजदर बढेर १६-१७ प्रतिशतसम्म पुगेको छ । 

२. बजारमा अत्याधिक आपूर्ति थेग्न सकेको छैन । पुंजी वृद्धि गर्दा बैंकहरु मर्ज हुने राष्ट्र बैंकको अपेक्षा बिपरित कम्जोर बैंकहरुले पनि हकप्रद र बोनस दिएर बजारमा शेयर आपूर्ति बढाउने काम गरे । आपूर्ति बढी हुँदा बजारले थेग्न नसकी अहिले घटिरहेको अवस्था हो । 

३. शेयर बजार चक्रपथको २७ किलो मिटर भित्रको भूभागमा मात्र सिमित भएको छ । यसको कारण बजार विस्तार हुन् सकेको छैन । 

४. बजारमा बढ्दो आपूर्ति भएता पनि नियामकले सोहि अनुसारको माग बढाउन कुनै ठोस काम गर्न सकेका छैनन । माग नबढ्दा बजार ओरालो लागिरहेको छ । 

५. सामुहिक लगानी कोष र ठुला लगानीकर्ताले अहिले बजारमा उपस्थिति जनाएका छैनन् ।  उनीहरुले उपस्थिति नजनाउदा कारोबार रकम घटिरहेको छ । 

६. शेयरबजारमा बिभिन्न तरिकाले आफ्नो स्वार्थको लागि अफवाह फैलाउने काम भएको छ ।  कहिले टेक्निकल एनलाईसिसको नाममा, कहिले विभिन्न व्यक्तिको भनाईको आधारमा मिडिया, सामाजिक संजाल मार्फत शेयर बजारबारे अफवाह फैलाउने काम भएको छ । यसले लगानीकर्ताको मनोविज्ञानलाई असर गरिरहेको छ । 


यी ६ समस्याको समाधान भए घट्दो बजारलाई बढाउन सकिन्छ । लिक्वीडिटी क्रंच अर्थात् तरलता अभावको समस्या हाल गर्न बैंकहरुले तत्काल ब्याजडदर घटाउनु पर्छ  । ब्याजदर घटेपछि बजार बढ्न थाल्छ  । अत्याधिक आपूर्ति रोक्न नियामक निकाय धितोपत्र बोर्डले तत्काल केहि समयको लागि आईपिओ र एफपिओ निष्काशन रोक्नु पर्छ  ।  माग र आपूर्तिको सन्तुलन सहज भएपछि बजारले सहि दिशा लिन्छ  । 

चक्रपथ भित्र सिमित रहेको बजारलाई दुर दराजसम्म विस्तार गर्न तत्काल बैंकलाई ब्रोकर लाइसेन्स दिई त्यसलाई कार्यन्वयन गर्नु पर्छ  । बैंकलाई लाइसेन्स दिएपछि बैंक भएको स्थानमा ब्रोकर सेवा पुग्नेछ र बजार बिस्तृत भई माग र आपूर्तिको सन्तुलन कायम हुन्छ । नियामक निकायले पनि माग बढाउनको लागि ठोस पहल गरी बजारलाई सुधार तर्फ ल्याउनु पर्छ । 

म्युचल फण्डले मार्केट मेकरको रुपमा काम गरेका छैनन् ।  नियमन निकायले यसमा मार्केट मेकरको रुपमा रहेकाहरुले किन त्यस तर्फ काम गरेका छैनन् त्यस तर्फ ध्यान दिई मार्केट मेकरहरुलाई सक्रिय बनाउनु पर्छ । मिडिया मार्फत हुने विभिन्न अफवाह तत्काल रोकिनु पर्छ । 

राष्ट्र बैंकले पहिले जुन गल्ति गरेको छ त्यसबाट पाठ सिक्नुको साटो बिमा समितिले पनि त्यहि गल्ती दोहोर्याएको छ ।  राष्ट्र बैंकले लिएर पुंजी वृद्धिको नीतिले बैंकहरुको संख्या घटेनन उल्टै बजारमा थेग्न नै नसकने गरी हकप्रद र बोनसको आपूर्ति बढ्यो ।  अहिले बिमा समितिले नयाँ कम्पनीलाई अनुमति दिएर गलत निर्णय गरेको छ । त्यस्तै बिमा समितिको पुंजी वृद्धिले पनि बजारमा आपूर्ति बढाई बजारमा नकारात्मक असर पर्ने छ । बिमा समितिले राष्ट्र बैंकको भोगाईबाट पाठ सिकेको भए हुन्थियो ।  

बजार सुधारका तत्काल कार्यन्वयन हुनु पर्छ । पूर्ण अनलाइन ट्रेडिङ, एनआरएन भित्राउने, र मार्जिन लेन्डिंग जस्ता बिषयमा ठोस प्रगति हुनु पर्छ । यति गरे शेयरबजारको भविष्य उज्वल छ । 

(नेपाल पुंजीबजार लगानीकर्ता संघले आइतबार राजधानीमा गरेको एक अन्तरक्रिया कार्यक्रममा नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले दिएको मन्तब्यमा आधिरित)  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved