नेप्सेमा शेयर सूचीकरण हुने बाटो खुल्यो, लगानीकर्तालाई ठुलो राहत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 13, 2018 | 11:54:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले परिमार्जन सहित नेप्सेले दोस्रो पटक पठाएको 'धितोपत्र सूचीकरण विनियमावली, २०७५' स्वीकृत गरेको छ । आइतबार साँझ बसेको धितोपत्र बोर्डको संचालक समितिको बैठकले विनियमावली स्वीकृत गरेको हो । 

यस अघि बोर्डले स्वीकृत गरेको विनियमावली आफ्नो आम्दानी घट्ने भन्दै नेप्से संचालक समितिको बैठकले पारित गरेको थिएन । धितोपत्र बोर्डले यस अघि नेप्सेले पठाएको विनियमावलीमा रहेको शेयर सूचीकरणमा लाग्ने शुल्कमा ब्यापक परिमार्जन गरेर स्वीकृत गरेको थियो  । बोर्डले सूचीकरण शुल्कमा भारी कटौती गरिदिएपछि नेप्सेले आफ्नो आम्दानीको श्रोत घट्ने भन्दै त्यसलाई परिमार्जन गर्न बोर्डलाई अनुरोध गरेको थियो ।

बोर्डले स्वीकृत गरेर पठाएको नयाँ सूचीकरण विनियमावली अनुसार ५० करोडसम्म चुक्ता पूँजी भएका कम्पनीले ०.०५ प्रतिशत शुल्क र ५० करोड रुपैयाँभन्दा माथि चुक्ता पूँजी भएका कम्पनीले ०.०२५ प्रतिशत शुल्क तिरे पुग्नेछ।  तर नेप्सेले भने ०.०७ प्रतिशतदेखि ०.४० प्रतिशतसम्म सूचीकरण शुल्क लाग्ने गरि विनियमावलीको मस्यौदा बोर्डमा पठाएको थियो  । यसरी बोर्डले ८० प्रतिशतसम्म सूचीकरण शुल्क कटौती गरिदिएपछि आम्दानी घट्ने भएकोले नेप्सेले विनियमावली पारित नगरी परिमार्जनको लागि बोर्डमा पठाएको थियो ।  

श्रोतका अनुसार धितोपत्र बोर्डले नेप्सेले प्रस्ताव गरे भन्दा केहि कम शुल्क कायम गरेर सूचीकरण विनियमावली स्वीकृत गरेको छ ।  श्रोतका अनुसार नेप्सेले प्रस्ताव गरे भन्दा थोरै कम शुल्क तोकेर विनियमावली स्वीकृत भएको हो   ।  अब बोर्डले स्वीकृत गरेको विनियमावलीलाई नेप्सेको संचालक समितिले अनुमोदन गर्नु पर्ने छ  । नेप्सेले अनुमोदन गरेसंगै १ महिनादेखि रोकिएको शेयर सूचीकरण सुचारु हुनेछ  । यस संगै लामो समय सम्म आफ्नो शेयर कारोबार गर्न नपाएका लगानीकर्तालाई राहत पुग्ने छ  । शेयर सुचिकृत हुन् नसक्दा लगानीकर्ताको करोडौको सम्पति बन्धकमा परेको छ । हाल नेप्सेमा सिद्दार्थ बैंक , कर्णाली डेभलपमेन्ट बैंक, नाडेप लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन बैंक, एनएमबि बैंकको गरि कुल ४ करोड २३ लाख ३२ हजार कित्ता शेयर सूचीकरणको पर्खाइमा छ । 


यो पनि : 

शेयर सूचीकरण हुन् अझै समय लाग्ने, आम्दानी घट्ने भएपछि नेप्सेले पारित गरेंन बिनियमावली

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved