'शेयरबजार घट्नु लगानीकर्तालाई सुनौलो अवसर, निराशा हुनु जरुरी छैन'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 13, 2018 | 02:25:48 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्व अर्थ मन्त्री तथा नेपाली कांग्रेसका बरिष्ठ नेता डा राम शर्त महतले करको दर बढाएर मात्र सरकारको आम्दानी बढ्न नसक्ने स्पष्ट पारेका छन् । आइतबार नेपाल पुंजीबजार लगानीकर्ता संघले राजधानीमा गरेको एक अन्तरक्रिया कार्यक्रममा डा महतले करको दर बढ्दा लगानी पलायन हुने र करको दर कम हुँदा मात्र व्यवसाय बढेर सरकारको आम्दानी बढ्ने बताए । 

करको दरले कुनै पनि देशमा लगानीको वातावरण छ कि छैन भन्ने निर्धारण गर्ने भएकोले डा महतले करको दरलाई स्थिर राखेर दायर बढाउन सरकारलाई सुझाव दिए । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रंपको आगमन संगै उनले कर घटाएको कारण बिश्वभरका लगानीकर्ता अहिले अमेरिकामा लगानी गर्न आकर्षित भएको डा महतले उदाहरण दिए । 

डा महतले सरकारले बजेट मार्फत ल्याएको एक अर्बमाथिका उद्योगले अनिवार्य आईपिओ जारि गर्नु पर्ने प्रावधानको पनि बिरोध गरे । उनले भने 'कम्पनीहरुलाई आईपिओ जारी गर्न अनिवार्य होइन, कर छुट लगायतका प्रावधान ल्याएर प्रोत्साहन गर्नु पर्छ'। कतिपय कम्पनीहरुको प्रकृति नै पब्लिक लिमिटेड कम्पनी बन्न नसक्ने प्रकारको हुने भएकोले अनिवार्य गर्न नहुने बताए । अनिवार्य गर्दा सरकारप्रति कम्पनिको बिश्वास पनि घट्न सक्ने पनि उनले बताए ।

अहिले बजार निर्माताहरु सक्रिय नभएर शेयर बजार घटेको दाबी गर्दै डा महतले बजार निर्माताहरु सक्रिय हुनु पर्ने बताए । उनले संचय कोष, नागरिक लगनी कोष लगायतले बजारलाई सन्तुलन राख्ने गरी काम गर्नु पर्ने बताए । उनले भने 'बजार घटेको बेला मार्केट मेकरले किनेर बढाईदिनु पर्यो, बढेको बेला मार्केट मेकरले बेचेर सन्तुलनमा राखिदिनु पर्यो '। 

उनले थपे 'बजार ह्वात्तै घटबढ हुनु पनि हुदैन, स्लो एण्ड स्टेडि ग्रोथ भए बजार सन्तुलित रहन्छ'। उनले अहिलेको बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्न सरकारले बिशेष प्याकेज ल्याउनु पर्ने पनि बताए ।

उनले लगानीकर्तालाई निराश नहुन आग्रह गर्दै यो शेयर किन्ने सुनौलो मौका भएको जिकिर गरे । उनले भने 'जब जब शेयर घट्छ यो बजारमा छिर्ने सुनौलो अवसर हो, निराशा हुनु पर्दैन'। उनले सकारात्मक सोच राखेर अगाडी बढे शेयर बजारको भबिष्य उज्वल रहेको लगानीकर्तालाई आश्वस्त गराए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved