३ सातापछि दोहोरो अंकले बढ्यो नेप्से, आरम्भका लगानीकर्ताले सर्बाधिक कमाए

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 13, 2018 | 04:36:22 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ  । आज नेप्से सूचक १०.४३ अंकले बढेर ११७४.३७ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १ सय ५७ कम्पनीका ५ लाख ३३ हजार ४ सय ९२ कित्ता शेयर खरिद बिक्रिबाट १६ करोड ९६ लाख ६१ हजार ४ सय ३१ रुपैयाँको कारोबार भएको छ  । 

आज कारोबारमा आएका होटेल्स बाहेकका सबै समुहगत सूचक बढेका छन्  । आज नेपाल लाइफ इन्स्योरेन्स सबै भन्दा हेरे १ करोड २० लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा एभरेस्ट बैंक, नबिल बैंक, प्राइम कमर्शियल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, मेगा बनक लगायत रहेका छन्  । 

आज आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.०४ प्रतिशत कमाएका छन्  । अन्य बढी कमाउनेमा ग्रिन डेभलपमेन्ट बैंक, बेस्ट फाइनान्स कम्पनी, महिला सहयात्रा माइक्रो फाइनान्स, बैंक अफ काठमाडौँ लगायत रहेका छन्  । 

आज सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.९१ प्रतिशत गुमाएका छन्  । अन्य बढी गुमाउनेमा मल्टी पर्पोज फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, तिनाउ डेभलपमेन्ट बैंक लगायत रहेका छन्  । 

आज मेगा बैंकको सर्बाधिक २८ हजार ९ सय २८ कित्ता शेयर खरिद बिक्रि भएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved