नेप्सेमा सुधार, आरम्भका लगानीकर्ताले सर्बाधिक कमाए, इन्भेस्टमेन्ट बैंकको कारोबार उच्च

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 14, 2018 | 04:09:41 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार बजार परिसूचक नेप्से बढेको छ  । आज नेप्से सूचक ६.६१ अंकले बढेर ११८०.९८ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १ सय ६० कम्पनीका ७ लाख ३२ हजार ७ सय २५ कित्ता शेयर खरिद बिक्रिबाट १८ करोड ९५ लाख ८६ हजार ७ सय ३५ रुपैयाँको कारोबार भएको छ  ।

आज  नेपाल इन्भेस्टमेन्ट बैंकको सर्बाधिक ८५ लाख ५३ हजार बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स, ओम डेभलपमेन्ट बैंक, प्राइम कमर्शियल बैंक , स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायत रहेका छन्  ।

आज आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक १० प्रतिशत कमाएका छन्  । अन्य बढी कमाउनेमा हिमालयन डिस्टिलरी, सिटी एक्सप्रेस फाइनान्स, पोखरा फाइनान्स, गुर्खाज फाइनान्स लगायत रहेका छन्  ।

आज मल्टीपर्पोज फाइनान्सका लगानीकर्ताले सर्बाधिक ५.३६ प्रतिशत गुमाएका छन्  । अन्य बढी गुमाउनेमा बरुण हाइड्रो, युनिलिभर नेपाल, हिमालय पावर पार्टनर, मिथिला लघुवित्त लगायत रहेका छन्  ।

आज कारोबारमा आएका अन्य र होटेल्स बाहेकका सबै समुहगत सूचक बढेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved