मोहम्मद अज्मत अलि/बिजपाटी     Aug 15, 2018



ruslan ruslan

नयाँ मोडल एनएफआरएस अनुसार सम्पूर्ण बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन। उनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणको आधारमा उनीहरुले दिन सक्ने लाभांश क्षमता कति हो भन्ने थाहा पाउन लगानीकर्तामा अन्यौल देखिएपनि वास्तवमा यसको सहि जानकारी लिन  कुनै कठिनाई नै छैन। 

एनएफआरएस अनुसार आएको मुनाफाबाट नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार समायोजन गर्नुपर्ने रकम घटाएपछि आएको मुनाफालाई बैंकहरुले बितरणयोग्य मुनाफा भनेका छन। यद्दपी उक्त वितरणयोग्य मुनाफाबाट संस्थागत सामाजिक उत्तरदायीत्वमा, बैधानिक जगेडा कोषका लागि छुट्याउनु पर्ने हुन्छ। त्यसैले पनि बैंकहरुले शेयरधनिहरुलाई दिन सक्ने मुनाफा घट्ने निश्चित छ।      

 २०७१ असार देखि नै लागू हुनुपर्ने एनएफआरएस बल्ल लागू भएको छ। सबैका लागि यो ट्रान्जिसन पिरियड भएकाले राष्ट्र बैंकले 'एनएफआरएस अनुसार नाफा जति सुकै आओस त्यसमा हामीलाई केहि भन्नु छैन, हाम्रो पुरानो फर्म्याट अनुसार आएको खुद मुनाफाबाट प्रोभिजनमा राख्नु पर्ने बिभिन्न शिर्षकमा प्रोभिजन राखेर बाँकी रहेको मुनाफाबाट मात्र शेयरधनिहरुलाई प्रतिफल दिन पाइन्छ' भनेको छ। 

राष्ट्र बैंकले मङ्सिरमा एक सर्कुलर जारि गरि एनएफआरएस लागू गर्ने भनेको छ। त्यसमा उसको पुरानो व्यवस्था बारे केहि बोलेको छैन। यसले पनि राष्ट्र बैंकले अहिले एनएफआरएस अनुसार गर्दै गरौँ, शेयरधनिहरुलाई प्रतिफल दिने कुरा पहिलेकै व्यवस्था अनुसार गरौँ भनेको हो भन्न सकिन्छ। किनकि यसमा सबैभन्दा महत्त्वपूर्ण बिषय भनेको राष्ट्र बैंकले मङ्सिरमा सार्वजनिक गरेको सर्कुलर र अहिले जारि गरेको एनएफआरएस को फर्म्याट हो।  


एनएफआरएस अनुसार आएको मुनाफाबाट एनएफआरएस अनुसारका विभिन्न समायोजन गर्नुपर्ने रकम छुट्टाएर देखाईको मुनाफा वितरणयोग्य मुनाफा होइन। त्यस मुनाफा मध्येबाट १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायीत्वमा, २० प्रतिशत साधारण जगेडामा कोषमा राख्नुपर्ने हुन्छ। यस्ता शिर्षकहरुमा राख्नु पर्ने रकम झिकेपछि आउने खुद नाफालाई उसको शेयरसंख्याले भाग गर्ने हो भने उसको वास्तविक प्रति शेयर आम्दानि देखिन्छ। 

बैकको पुंजी पर्याप्तता अनुपात (क्यापिटल एडीक्वेसी रेसियो) कति प्रतिशत छ त्यो हेर्ने। यसबाट बैंकले वितरणयोग्य मुनाफाबाट कति लाभांश कसरि दिन सक्छ भन्ने अझ स्पष्ट हुन्छ। यदि कर ११ को आसपासमा छ भने उसंग बोनसको बिकल्प नै हुदैन। तर कर १२-१५ को बीचमा  छ भने मिश्रित लाभांश दिन सक्छ भने १५ भन्दा माथि हुँदा बैकको बिजनेश ग्रोथ गर्ने ठाउँ छ भने बोनस दिन्छ नत्र नगद दिएर आफ्नो नगद व्यवस्थापन गर्छ। 

त्यसैले पनि अहिले बैंकहरुले सार्वजनिक गरेको एनएफआरएस रिपोर्ट मा अलमल पर्नुपर्ने अवस्था छैन। तर सत्य के हो भने यहाँ केही बैंकका सीईओ जो चार्टड एकाउन्टेन्ट समेत छन उनीहरु समेत एनएफआरएस मोडलमा अलमलमा छन्  । यस्तो अवस्थामा सर्वसाधारण लगानीकर्ताले आजै एनएफआरएस बुझ्छु भनेर सम्भब नहुन सक्छ।  

राष्ट्र बैंकले बैंकहरुलाई कडा भन्दा कडा नियमन गर्छ , यहि कारणले  पुरानो व्यवस्था अनुसार नै प्रतिफल बाड्न दिन्छु भनेको छ। तर नियामक नभएका हाइड्रो जस्ता क्षेत्रका कम्पनीहरुले सार्वजनिक गर्ने एनएफआरएस अनुसारको मोडलको वित्तीय विवरणमा भने चनाखो हुनुपर्छ।

Share your thoughts!











Close in 7