वित्तीय विवरणले हौसिए लगानीकर्ता, ३ अर्ब नाफा कमाएको नबिल बैंकको सर्बाधिक कारोबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 15, 2018 | 03:31:21 PM मा प्रकाशित

laxmi  sunrise bank

अधिकांश बाणिज्य बैंक हरुले एक साथ आफ्नो वित्तीय विवरण प्रकशित गरेका छन् । नयाँ एनएफआरएस फर्म्याटमा आएका वित्तीय विवरणले बैंकहरुको नाफा बढेको देखाउदा लगानीकर्ता उत्साहित भएका छन् ।  लगानीकर्ता उत्साहित भएसंगै बुधबार नेप्सेमा उछाल आएको छ । बुधबार नेप्से सूचक २८.७३ अंकले बढेर १२०९.७१ को उचाईमा पुगेको छ । 

आज कारोबारमा आएका १ सय ६५ कम्पनीका १० लाख ६८ हजार ५ सय ५७ कित्ता शेयर खरिद बिक्रिबाट ३६ करोड १ लाख ६३ हजार ४ सय ५८ रुपैयाँको कारोबार भएको छ ।  आज नबिल बैंकको सर्बाधिक १ करोड ६४ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्राइम कमार्सहियल बैंक संस्थापक शेयर , नबिल बैंक संस्थापक शेयर, कृषि विकास बैंक , ग्लोबल आईएमई बैंक लगायत रहेका छन् । आज सर्बाधिक कारोबार हुने १० कम्पनि मध्ये १ मात्र इन्स्योरेन्स कम्पनी रहेको छ । बाँकि सबै बाणिज्य बैंक रहेका छन् । 

सर्बाधिक कारोबार भए पनि धेरै कमाउने १० कम्पनीको सुचिमा भने एउटा पनि बाणिज्य बैंक अटाउन सकेको छैन । आज स्वरोजगार लघुवित्तका लगानीकर्ता सर्बाधिक ९.६६ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा हिमालयन डिस्टिलरी, तारागाउँ होटेल, हिमालय पावर पार्टनर, समिट माइक्रोफाइनान्स लगायत रहेका छन् । 

आज वोमी माइक्रोफाइनान्सका लगानीकर्ता सर्बाधिक १० प्रतिशत गुमाएका छन् । कम्पनीले बोनस लाभांश नदिई नगद लाभांश मात्र दिने भएपछि कम्पनीको शेयर मूल्य घटेको हो । 

अन्य बढी गुमाउनेमा आरम्भ माइक्रोफाइनान्स, मल्टीपर्पोज फाइनान्स, खानीखोला हाइड्रो लगायत रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved