३ करोड ६५ लाख खुद नाफा गरेको स्वरोजगार लघुवित्तले गर्यो लाभांश घोषणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 17, 2018 | 12:24:14 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।  कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले गत बर्षको कमाईबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ  । हाल कम्पनीको चुक्ता पुंजी १२ करोड २४ लाख रुपैयाँ रहेकोमा प्रस्तावित बोनसपछि चुक्ता पूँजी १४ करोड ६९ लाख पुग्नेछ । लघुवित्तले गत आर्थिक बर्षमा तीन करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved