नेशनल लाइफ इन्स्योरेन्सको हकप्रद भर्ने म्याद थप

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 19, 2018 | 11:02:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्सको हकप्रद भर्ने म्याद थप भएको छ । कम्पनीले साउन १ गतेदेखि  १:६ को अनुपातमा ६० प्रतिशतका दरले ९९ लाख ३६ हजार ४ सय ७७ दशमलव ५० कित्ता हकप्रद निष्काशन गरेको थियो । यस अघि लगानीकर्ताले भदौ ४ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने भनिएकोमा अब कम्पनीले म्याद थप गरी भदौ १९ गतेसम्म आवेदन दिन सकिने जनाएको छ  । हकप्रद निष्काशनको लागि एनईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । असार २१ सम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  ।

लगानीकर्ताले एनआईबिएल एस क्यापिटलको कार्यालयहरु, लाजिम्पाट, लालदर्बार, लगनखेल, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर बिरगंज , गोल्छाचोक विराटनगर तथा नेशनल लाइफको सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सक्ने छन्  । त्यस्तै सी आश्वा सदस्य रहेका सम्पूर्ण बैंक तथा वित्तीय सनास्थाबाट समेत आवेदन दिन सकिने छ।

कम्पनीको साउन २७ मा बसेको २९ औं वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर पश्चात कायम चुक्ता पुंजीबाट ६० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताब पारित गरेको थियो ।  ६० प्रतिशत हकप्रद बिक्री गर्दा कम्पनीको चुक्ता पुंजी २ अर्ब ६४ करोड पुग्नेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved