नेप्से फेरी १२ सय बिन्दुमुनि , मर्जरमा जान लागेको ओम डेभलपमेन्टको सर्बाधिक कारोबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 19, 2018 | 05:49:34 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आज नेप्से सूचक १४.०३ अंकले घटेर ११९६.२९ को बिन्दुमा पुगेर रोकिएको छ। आज कारोबारमा आएका १ सय ६० कम्पनीका १५ लाख ६४ हजार ६ सय ९२ कित्ता शेयर खरिद बिक्रिबाट ३२ करोड ५२ लाख ३४ हजार ७ सय ११ रुपैयाँको कारोबार भएको छ। 

आज ग्रामिण विकास लघुवित्तको सबैभन्दा धेरै ३ करोड ४५ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा ओम डेभलपमेन्ट बैंक, नबिल बैंक संस्थापक शेयर, इन्भेस्टमेन्ट बैंक संस्थापक शेयर लगायत रहेका छन् । 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । 

आज खानी खोला हाइड्रोका लगानीकर्ताले सर्बाधिक ५.११ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा स्वरोजगार लघुवित्त (३.२१ %), ग्रामिण विकास लघुवित्त (२.१० %), एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड १ (१.९६ %), राष्ट्रिय बिमा कम्पनी संस्थापक शेयर (१.९६ %) लगायत रहेका छन् ।

आज नागबेली लघुवित्तका लगानीकर्ताले सर्बाधिक ५.३७ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा आईसीएफसी फाइनान्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी लगायत रहेका छन् । आज ओम डेभलपमेन्ट बैंकको सर्बाधिक १ लाख २७ हजार ३ सय ८४ कित्ता शेयर खरिद बिक्रि भएका छन् । प्राइम बैंकसँग मर्जरमा जाने भएपछि ओमको कारोबार बढेको हो । 

प्राइम बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्झौतामा आज हस्ताक्षर, स्वाप रेसियो कति ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved