एनसीसी बैंकको हकप्रद बिक्रि खुला, अझै १ अर्ब पुंजी अपुग

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 20, 2018 | 09:22:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स  (एनसिसि) बैंकले आज भदौ ४ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । बैंकले १०० बराबर ५० कित्ता अर्थात ५० प्रतिशतका दरले  २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद बिक्रि खुला गरेको हो । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत हकप्रद बिक्रि गर्न लागेको हो। बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।   

साउन १४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले असोज ७ गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी तथा एनसीसी बैंकको  सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।  सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ ।

पछिल्लो दुई बर्षदेखि साधारणसभा गर्न नसकेको एनसीसीले चुक्ता पुंजी ८ अर्ब पुर्याउन हकप्रदको सहारा लिएपनि हकप्रद निष्काशन पश्चात ७ अर्ब १ करोड चुक्ता पुंजी पुग्नेछ। बाँकी करिब १ अर्ब चुक्ता पुंजी पुर्याउन बैकले बोनस सेयर वितरण वा अन्य बैंक गाभ्ने बिकल्प रोज्न सक्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved