घटेको बजारमा ग्लोबल आईएमई बैंकमा लगानीकर्ताको आकर्षण, कमाउनेमा साल्ट ट्रेडिङ अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 21, 2018 | 04:48:58 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको तेस्रो दिन आज मंगलबार बजार अर्सुचक नेप्से घटेको छ । आज सूचक ४.१८ अंकले घटेर ११८३.८९ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६१ कम्पनीका ५ लाख ७० हजार १ सय ७३ कित्ता शेयर खरिद बिक्रि बाट १७ करोड ९५ लाख ५८ हजार ९ सय ३० रुपैयाँको कारोबार भएको छ । 

आज ग्लोबल आईएमई बैंकको सबै भन्दा धेरै १ करोड १६ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेपाल इन्भेस्टमेन्ट बैंक लगायत रहेका छन् । 

आज कारोबारमा आएका ट्रेडिङ, हाइड्रो, निर्जीवन बिमा र अन्य बाहेकका सबै समुहगत उपसुचक घटेका छन् । 

आज साल्ट ट्रेडिङका लगानीकर्ताले सर्बाधिक ४.८३ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा सिन्धु विकास बैंक, युनाइटेड मदी हाइड्रो, गुराँस लाइफ इन्स्योरेन्स लगायत रहेका छन् । 

आज गुर्खाज फाइनान्सका लगानीकर्ताले सर्बाधिक ४.५४ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा ग्रिन डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, डिप्रोक्स लघुवित्त लगायत रहेका छन् । 

आज ग्लोबल आईएमई बैंकको सबै भन्दा धेरै ३९ हजार ९ सय ६५ कित्ता शेयर खरिद बिक्रि भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved