३५ दिनपछि शेयर सुचिकृत, एकै दिन थपिए ४ करोड ४१ लाख कित्ता, कसको कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 22, 2018 | 11:34:37 AM मा प्रकाशित

laxmi  sunrise bank

३५ दिनदेखि रोकिएको शेयर सूचीकरण आज बुधबारबाट पुन सुचारु भएको छ । शेयर सूचीकरण बिनियमावलीमा रहेको शेयर सूचीकरणको लागि लाग्ने शुल्कमा धितोपत्र बोर्ड र नेप्सेबीच सहमति हुन् नसक्दा लामो समय देखि शेयर सुचिकरण हुन् सकेको थिएँन । बिनियमावलीमा नेप्सेको माग अनुसार नै धितोपत्र बोर्डले शुल्क कायम गरिदिएपछि केहि दिन अगाडी मात्र नेप्सेले बिनियमावलीमा पारित गरेको हो  । सो संगै कम्पनीहरुले नयाँ ढांचा र शुल्क सहित शेयर सूचीकरणको लागि निवेदन दिएपछि आजबाट शेर सुचिकृत हुन् थालेका हुन्  ।

आज मात्र ९ कम्पनीका ४ करोड ४१ लाख ७२ हजार ८ सय ८६ दशमलव ०२ कित्ता शेयर सुचिकृत भएका छन्  ।

हेर्नुस कसको कति ?

एनएमबि बैंकको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपिओ  ।

भार्गव विकास बैंकको २१ लाख १२ हजार २ सय कित्ता हकप्रद  ।

सुर्योदय लघुवित्तको ७६ हजार कित्ता बोनस  । 

हाम्रो विकास बैंकको ३ लाख ३४ हजार ८ सय ८८ कित्ता बोनस  ।

माउन्ट मकालु डेभलपमेन्ट बैंकलाई गाभेपछि काबेली विकास बैंकको ९ लाख १२ हजार ९ सय १२ कित्ता शेयर  ।

सिद्दार्थ बैंकको ९५ लाख ५६ हजार ५ सय ६४ दशमलव ०२ कित्ता बोनस  ।

मिर्मिरे लघुवित्तको १ लाख ३८ हजार ६ सय कित्ता बोनस  ।

हिमालयन बैंकको १ करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस  ।

कर्णाली डेभलपमेन्ट बैंकको ३३ लाख ९७ हजार ५ सय कित्ता हकप्रद  । 


सम्बन्धित समाचार  : 

विनियमावली पारित भएको दुई दिनसम्म पनि किन सुचिकृत भएँनन शेयर ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved