शेयर सुचिकृत भएकै दिन नाडेप लघुवित्तको कारोबार सुरु, सुरुवाती मूल्य कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 23, 2018 | 10:56:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा नाडेप लघुवित्तको शेयर सुचिकृत भएको छ ।  कम्पनीको १६ लाख कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भए लगत्तै कम्पनीको शेयर कारोबार पनि खुलेको छ । नेप्सेले कम्पनीको शेयर NADEP को सिम्बोलबाट कारोबार हुने जनाएको छ । पहिलो कारोबारको लागि नेप्सेले १९९ देखि ५९७ सम्मको सुरुवाती रेन्ज तोकिदिएको छ । नेप्सेले सुरुवाती कारोबारको लागि नेट वर्थको ३ गुणासम्म सुरुवाती रेन्ज तोक्ने गरेको छ ।  

लघुवित्तले असार १० देखि १३ गतेसम्म  आइपीओ निष्काशन गरेको थियो ।  जसमा  गोलाप्रथाबाट ४३ हजार २ सय जनाले समान १० कित्ता शेयर पाएका थिए। 

 कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने तयारी पनि गरेको हो । आइपीओ बिक्रि तथा वितरण पश्चात लघुवित्तको शेयर स्वामित्व संस्थापक र साधारण क्रमश ७० र ३० प्रतिशत पुगेको छ भने चुक्ता पुंजी ११ करोड २० लाखबाट १६ करोड पुगेको छ। प्रस्तावित शतप्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी ३२ करोड पुग्ने छ । 

नाडेप लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ बर्गको इजाजत पाएको लघुवित्त हो। २०७२ जेठ १ देखि संचालनमा आएको यस लघुवित्तले धादिङको गजुरीमा मुख्य कार्यालय राखी ६२ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ। विभिन्न ३३ जिल्लामा लघुवित्त सेवा दिने अनुमति लिएको यस लघुवित्तको संचालक तथा आधारभुत शेयरधनिहरुमा नबिल बैंक, लुम्बिनी बिकास बैंक र डिप्रोक्स नेपाल छन। उनीहरुको यस लघुवित्तमा क्रमश: ४ - ४ र १ लाख ६० हजार कित्ताको शेयर स्वामित्व छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved