१६ कम्पनीका साढे ५ अर्ब बराबरको आईपिओ आउदै, कसको कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 23, 2018 | 11:13:54 AM मा प्रकाशित

laxmi  sunrise bank

निकट भबिश्य मै ५ अर्ब ५४ करोड बराबरको आईपिओमा बजारमा आउने भएका छन् । नेपाल धितोपत्र बोर्डको अनुमतिको पर्खाईमा रहेका, अनुमति पाएर सर्वसाधारणलाई शेयर निष्काशन गर्न बाँकि रहेका र स्थानीयलाई बिक्रि गर्दा पुरै नबिकेर सर्वसाधारणलाई बिक्रि हुने शेयर समेत गरी ५ अर्ब ५४ करोड २ लाख ३६ हजार ६ सय रुपैयाँ बराबरको शेयर निष्काशनको क्रममा रहेका हुन् 

शिवम सिमेन्ट हाल स्थानीयको लागि बिक्रि गरिरहको शेयरमा एकदमै न्यून आवेदन परेको छ । स्थानीयले पुरै खरिद नगरे बाँकि शेयर पनि सर्वसाधारणको लागि बिक्रिमा राखिने छ । ति शेयरहरु भने यसमा समाबेश गरिएको छैन । 

अनुमति पाईसकेको मध्ये शिवम सिमेन्टले सर्वसाधारणलाई छुट्याएको १ अर्ब ७६ करोडको शेयर, आखुखोला हाइड्रोले सर्वसाधारणलाई निष्काशन गर्न बाँकी रहेको १२ करोडको शेयर, घलेम्दी हाइड्रोको स्थानीयलाई बिक्रि हुन् नसकेको ४ करोड ५५ लाखको शेयर र जोशी हाइड्रोको स्थानीयलाई बिक्रि हुन् नसकेको २ करोड ४२ लाख बराबरको शेयर यसमा समाबेश छन् ।

अनुमतिको पर्खाइमा रहेकामा गर्जांग उपत्यका हाइड्रो पावर लिमिटेडको २ लाख कित्ता, लाफिंग बुद्ध पावर नेपालको ९ लाख ७८ हजार कित्ता, युनिक हाईडेलको ५ लाख ५० हजार कित्ता रहेका छन् । यी सबै स्थानीयका लागि हुन् ।

त्यस्तै स्थानीय कै लागि हिमालय उर्जा विकास कम्पनीको ९ लाख ९० हजार कित्ता, शिवश्री हाइड्रोको १४ लाख ७६ हजार ४ सय कित्ता, सीईडिबि हाइड्रोको २२ लाख ८९ हजार ३ सय कित्ता, सयपत्री हाइड्रोको ३ लाख कित्ता रहेका छन् । 

त्यस्तै सर्वसाधारणको लागि मैलुंग खोलाको ७ लाख ३६ हजार २ सय ८६ कित्ता, सीबिआईएल क्यापिटलको ३ लाख कित्ता, चौतारी लघुवित्तको ५ लाख ४० हजार कित्ता, घलेम्दी हाइड्रोको ११ लाख कित्ता, पाचथर पावरको १९ लाख २५ हजार कित्ता रहेका छन् । 

युनिभर्सल पावरको स्थानीय र सर्वसाधारणलाई गरी ९६ लाख ६१ हजार ६ सय १० कित्ता पनि अनुमतिको पर्खाइमा छ । यस्तै मध्येभोटेकोशी जलविद्युतको १ करोड ४४ लाख कित्ता शेयर पनि अनुमतिको पर्खाईमा रहेको छ । यसमा सञ्चयकोषका सञ्चयकर्ता,  संस्थापक कम्पनीका कर्मचारी र ऋणदाता कम्पनीका कर्मचारीहरुले मात्र आवेदन दिन पाउने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved