साताभर ३१.८४ अंकले घट्यो नेप्से, किन बढ्यो एनएमबि बैंकको शेयर कारोबार ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 23, 2018 | 03:58:33 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन पनि बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ३.९२ अंकले घटेर ११७८ दशमलव ५० को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ५९ कम्पनीका १० लाख २० हजार ५ सय ९५ कित्ता शेयर खरिद बिक्रि बाट २७ करोड ७३ लाख ८ हजार २ सय ६६ रुपैयाँको कारोबार भएको छ ।

आज एनएमबि बैंकको सबै भन्दा धेरै ४ करोड ९५ लाख बराबरको कारोबार भएको छ । बैंकको ठुलो मात्रको एफपिओ मंगलबार सुचिकृत भएर लगानीकर्ताको खातामा आएकोले सेलिंङ प्रेसर समेत बढेको थियो । आज बैंकको शेयर मूल्य २.५१ प्रतिशत घटेको छ । ३ सय ३३ मा एफपिओ किनेकाहरुले घाटा कम गर्न घटेको मूल्यमा शेयर बेच्न थालेका हुन् । आज बैंकको अन्तिम शेयर मूल्य ३ सय १० रुपैयाँ कायम भएको छ ।

अन्य बढी कारोबार हुनेमा एनएलजी इन्स्योरेन्स, जनता बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक लगायत रहेका छन् ।

आज कारोबारमा आएका विकास बैंक र अन्य बाहेकका सबै समुहगत परिसूचक घटेका छन् ।

आज एनआईबिएल सम्वृद्धि फन्ड १ को शेयर मूल्य सर्बाधिक ६.०९ प्रतिशतले बढेको छ । अन्य बढी कमाउनेमा लक्ष्मी भ्यालु फन्ड १, नागरिक लगानी कोष, नेपाल सेवा लघुवित्त, श्रीजना फाइनान्स लगायत रहेका छन् ।

आज युनिलिभर नेपालका लगानीकर्ताले सर्बाधिक ३.९४ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा शप्तकोशी डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, कृषि विकास बैंक, एनएमबि बैंक लगायत रहेका छन् । 

यस साताभर नेप्से सूचक ३१.८४ अंकले घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved