नेपाल पुनर्बीमा कम्पनीले १६० करोडको आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा आरविवि मर्चेण्ट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 23, 2018 | 04:27:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब  साठी करोड बराबरको आईपिओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले प्रति शेयर १०० अकित दरका  एक करोड साठी लाख कित्ता साधारण शेयरहरु  निष्काशन गर्ने भएको हो । 

सर्वसाधारणलाई शेयर निष्काशन गर्ने कम्पनीले आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । उक्त  शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा नेपाल  पुनर्बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु  भण्डारी र आरविवि मर्चेण्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भण्डारीले हस्ताक्षर गरेका हुन् ।

हाल नेपाल  पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्व , जारी पूँजी  १० अर्व, र चुक्ता पूँजी ८ अर्व ४०  करोड  रहेको छ  । आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी.१० अर्ब  पुग्नेछ ।              

सार्वजनिक तथा निजी साझेदारी नीति अन्तर्गत नेपाल सरकारको समेत स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७१ साल पौष ४ गते बिमा समितिबाट  पुनर्बीमाको इजाजतपत्र प्राप्त  पाएको थियो। कम्पनीले आर्थिक बर्ष २०७४÷७५ को अन्त्य सम्म कुल ४ अर्ब पुनर्बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक बर्षमा  १ अर्ब ४० करोड खुद मुुनाफा गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved