ङादी ग्रुप पावरले डाक्यो साधारणसभा, नगद लाभांश र हकप्रद प्रस्ताव

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 24, 2018 | 10:59:30 AM मा प्रकाशित

laxmi  sunrise bank

ङादी ग्रुप पावरले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले असोज ४ गतेको लागि साधारणसभा डाकेको हो । कम्पनीले नगद लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न भदौ २७ गते साधारण सभा बोलाएको हो । 

कम्पनीले संचालक समितिले प्रस्ताव गरे बमोजिमको गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभाश (कर बाहेक) वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको हो । त्यस्तै कम्पनीले गत वर्षा नै हकप्रद प्रस्ताव पारित गरेको तर हकप्रद निष्काशन भईनसकेकोले ३० प्रतिशत हकप्रद प्रस्ताव पनि साधारणसभामा लैजान लागेको हो । 

अन्य एजेण्डामा संचालकको निर्वाचन, प्रबन्धपत्र तथा नियमावली संशोधन लगायत रहेका छन्  ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि भदौ १४ गते बुक क्लोज गर्ने भएकाले १३ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन र साधारणसभामा भाग लिन सक्ने छन । कम्पनीले गत बर्ष ५ करोड ८६ लाख खुद नाफा कमाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved