नेप्से घटेपछि मोफसलका ब्रोकर कार्यालय सुनसान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 26, 2018 | 10:37:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेप्से परिसूचकमा आएको गिरावटका कारण शेयर बजार कारोवार गर्ने बुटवलस्थित ब्रोकर (शेयर दलाल) कार्यालयहरू सुनसान जस्तै देखिन थालेका छन् । लगानीकर्ताको भीडभाड बढ्ने ब्रोकर कार्यालयहरूमा लगानीकर्ताको चहल पहल कम देखिन थालेको ब्रोकर कार्यालयहरू बताउँछन् ।

यो साताभर बजार तल ओर्लेका कारणले लगानीकर्ता निराश भएको दक्षिणकाली इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज प्राली (३३ नं) का शङ्कर भण्डारीले बताए ।उनले लगानीकर्ता पर्ख र हेरको अवस्थामा भएको उल्लेख गर्दै लगानीकर्ताको मनोविज्ञानले बढनुपर्ने अहिलेको अवस्थामा पनि नेप्से परिसूचक बढ्न नसकेको बताए ।

भण्डारीका अनुसार गत साता इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज प्राली, बुटवलबाट कूल ३६ लाख दुई हजार ३६९ रुपैयाँ बराबरको मात्रै शेयर कारोबार भएको छ । अघिल्लो साता सो सेक्युरिटिजबाट ४२ लाख ६५ हजार ७५ रुपैयाँ बराबरको मात्रै कारोवार भएको देखिएको छ । यसले मोफसलमा पनि शेयर बजारमा गिरावट आएको देखाएको छ ।

आर्यतारा इन्भेष्टमेण्ट बुटवल (५७ नं) का टेकराज भट्टराइले शेयर बजार कुन कम्पनीले कस्तो लाभांश दिन्छन्, भन्ने पर्खाइमा रहेको हुनसक्ने अनुमान गर्दै बजारमा कम्पनीले दिने नगद लाभांश भन्दा बोनस शेयरमा आर्कषण रहेको धारणा व्यक्त गरे ।

उनले नेप्से परिसूचक राताम्मे भएको बेला लगानीकर्ताको मनोबल कमजोर भएको र बजारमा हरियाली छाउँदा लगानीकर्ता सक्रिय देखिने गरेको बताए ।

भट्टराइले गत साता पाँच कारोबार दिनमा सेक्युरिटिजबाट एक करोड ७१ लाख ६३ हजार ४४१ रुपैयाँको शेयर कारोबार भएको जानकारी दिँदै बजार पहिलेको भन्दा केहि घटेको बताए । “जवकी सो सेक्युरिटिजबाट गत साता चार कारोबार दिनमा एक करोड ६० लाख ९४ हजार ६४३ रूपैयाँको कारोवार भएको थियो । शेयर बजारमा ऋण लगानी पनि छैन, विश्वासिलो वातावरण पनि बनेन सेक्युरिटिज प्रालिका भट्टराइले भने।”

त्यस्तै बुटवलमा एशियन सेक्युरिटिज, मिडास सेक्युरिटिज लगायतका अन्य विभिन्न ब्रोकर कार्यालयले पनि शेयर खरिद बिक्रीको कारोवार गर्दै आएका छन् ।बुटवलमा रुपन्देहीबाहेक नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची लगायतका जिल्लाबाट शेयर कारोवार गर्न लगानीकर्ता आउँछन। राससको सहयोगमा  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved