शिवम सिमेन्टको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 27, 2018 | 09:42:04 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्ट लिमिटेडले स्थानीयको लागि निष्काशन गरेको अईपियोमा आवेदन दिने आज भदौ ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन १३ गतेदेखि मकवानपुरका स्थानीयलाई आईपिओ निष्काशन गरेको थियो । 

कम्पनिले प्रिमियम मूल्य (प्रति कित्ता ३०० मा ) मा स्थानीयको लागि ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको हो ।  कम्पनीले स्थानीय र सर्वसाधारण छुट्टा छुट्टै दर कायम गरेर शेयर निष्काशन गरेको हो।  स्थानीयलाई शेयर बिक्रि गरेपछि कम्पनीले  सर्वसाधारणलाई प्रति कित्ता ४०० मा शेयर बिक्रि गर्ने छ  ।

स्थानीयहरुले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्  । लगानीकर्ताले भदौ ११ सम्म आवेदन दिन सक्ने छन्  ।  तर सीआश्वाको अनलाइन बाट भने आवेदन दिन पाइने छैन  । कम्पनीले तोकेको केन्द्रबाट आवेदन फारम लिएर त्यहि बुझाउनु पर्ने छ  । 

कम्पनीको आवेदनमा भदौ ३ गते दिउँसोसम्म ३३ हजार ६ सय ४० कित्ताको लागि मात्र आवेदन परेको थियो  । यो कुल निष्काशनको ४ प्रतिशत भन्दा पनि कम हो । 

कम्पनीको माघ ३ मा बसेको संचालक समितिको बैठकले हालको जारि पुंजी ४ अर्ब ३० करोडलाई बढाएर बनाइने ४ अर्ब ३० करोड चुक्ता पुंजीबाट हुन आउने १२ प्रतिशतले हुन आउने सेयर प्रिमियम मुल्यमा जारि गर्ने निर्णय गरेको थियो।  कम्पनीले शेयर निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रलाई पुंजीबजारमा भित्र्याउन १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्न पाउने व्यवस्था गरेको छ। बोर्डले उक्त निर्णय पश्चात शिवम सिमेन्ट,अर्घाखाँची सिमेन्ट लगायतका सिमेन्ट तथा अन्य कम्पनीले आइपीओ निष्काशनको प्रक्रिया अगाडी बढाएका थिए ।   सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने पहिलो सिमेन्ट कम्पनी बन्न लागको शिवम सिमेन्ट को उद्योग मकवानपुरको हेटौडामा रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved