माउन्टेन हाइड्रोको आईपिओ बाँडफांड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 27, 2018 | 12:42:26 PM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले स्थानीयको लागि निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले आइतबार शेयर बान बाँडफांड गरेको हो ।

कम्पनीले पहिलो चरणमा असार २२ देखि भादुआ २० गतेसम्म आयोजना प्रभावीत स्थानीयबासीका लागि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो । कुल १२ लाख ५० हजार कित्ता मध्ये ७ लाख ५० हजार कित्ता पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका लागि र ५ लाख कित्ता पाँचथरका अन्य क्षेत्रका स्थानीय बासिन्दालाइ छुट्टाइएको थियो । आइपिओमा कुल ६ लाख ८३ हजार ८ सय ९० कित्ताको लागि मात्र आवेदन परेको र सबैले माग अनुसार कै शेयर पाएको क्यापिटलले जनाएको छ ।

अब कम्पनीले सर्वसाधारणलाई अईपियो निष्काशन गर्दा बिक्रि नभएको ४५ प्रतिशत ५ लाख ६६ हजार १ सय १० कित्ता पनि थपेर निष्काशन गर्ने छ  ।

कम्पनीले पाँचथरको फिदिम गाविसमा २१.६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved