युनियन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 28, 2018 | 11:01:42 AM मा प्रकाशित

laxmi  sunrise bank

युनियन हाइड्रोपावर लिमिटेडले स्थानीयको लागि निष्काशन गरेको आईपिओमा आवेदन दिने आज भदौ १२ गते अन्तिम दिन रहेको छ  ।  कम्पनीले साउन १४ गतेदेखि आयोजना प्रभावीत लमजुङको फिदिम खोलावासीका लागि ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको हो । 

 इच्छुक स्थानीयबासीले न्युनतम ५० कित्ता र अधिकतम ३००० कित्ताका लागि आबेदन दिन पाउनेछन। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ।  

कम्पनीको आइपीओका लागि ग्रेड ४ पाएको छ। ईक्रा नेपालले दिएको ग्रेड ४ ले कम्पनीको अवस्था औशतमा कम्जोर भएको जनाउछ। इक्रा नेपालले १ देखि ५ अंक स्केलमा ग्रेडीङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलीयो आधारहरु जनाउछ भने ग्रेड ५ ले कम्जोर आधारहरु जनाउँछ। ग्रेड २,३,४ मा प्रयोग गरिने प्लस (+) चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थिलाई जनाउंछ।  

कम्पनीले लमजुङको फिदिम खोलामा ३ दशमलव ३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ भने २० मेगावाट क्षमताको मेवा आयोजना निर्माणका लागि सर्वेक्षण अनुमतिपत्र पाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved