महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांश दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 28, 2018 | 11:09:26 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ ।  बैंकको सोमबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  


बैंकले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट ८ प्रतिशत बोनस र ७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।   उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।  

बैंकले गत आर्थिक बर्ष   ५६ करोड ११ लाख खुद नाफा कमाएको थियो । 

हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब ६३ करोड ३७ लाख रुपैयाँ रहेकोमा आठ प्रतिशत बोनस पछि बैंकको चुक्ता पूँजी २ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved