एनआईसी एशिया ऋणपत्र २१ गतेदेखि निष्काशन हुने, ब्याजदर कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 28, 2018 | 12:03:52 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले भदौ ११ गतेदेखि '११ प्रतिशत एनआईसी एसिया ऋणपत्र २०८२-८३' निष्काशन गर्ने भएको छ । बैंकले १००० अंकित दरका १८ लाख ३० हजार कित्ताले हुन आउने १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।  १ अर्ब ८३ करोडको ऋणपत्र मध्ये ८० प्रतिशत अर्थात १ अर्ब ४६ करोड ४० लाख व्यक्तिगत र २० प्रतिशत अर्थात ३६ करोड ६० लाख सर्वसाधारणका लागि रहेको छ। 

 बैंकले उक्त ऋणपत्र निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्रि प्रबन्धकका रुपमा नियुक्त गरेको छ। ऋणपत्रमा छिटोमा भदौ २५ गतेसम्म आवेदन दिन सकिने छ । त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा असोज १९ गते आवेदन दिन सकिने बैंकले जनाएको छ ।  ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन हुन् लागेको हो। 

इच्छुक लगानीकर्ताले बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल, एनआईसी एसिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरु र आश्वाबाट समेत आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्युनतम २५ कित्ता र अधिकतम १ लाख ८३ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । 

बैंकले यस अघि जारी गरेको ९ प्रतिशत वार्षिक व्याज भएको ३० लाख कित्ता (कुल रकम ३ अर्ब) ऋणपत्र सम्पूर्ण रुपमा आवेदन प्राप्त भई नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भईसकेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved