९ सय ९५ जनाले भरे शिवम सिमेन्टको आईपिओ, कति पर्यो आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 28, 2018 | 01:40:14 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियम मूल्यमा आईपिओ निष्काशन गरेको शिवम सिमेन्ट पुरै शेयर बिक्रि गर्न असफल भएको छ ।  कम्पनीले साउन १३ गतेदेखि भदौ ११ गतेसम्म मकवानपुरका स्थानीयलाई आईपिओ निष्काशन गरेको थियो । 

कम्पनीले प्रिमियम मूल्य (प्रति कित्ता ३०० मा ) मा स्थानीयको लागि ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेकोमा केवल २ लाख २ हजार ४ सय १० कित्ताको लागि आवेदन परेको छ । बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आईपिओमा ९ सय ९५ जना आवेदकबाट ६ करोड ७ लाख २३ हजार रुपैयाँको आवेदन परेको छ । अर्थात कम्पनीको २३ प्रतिशत शेयर मात्र बिक्रि भएको छ ।  यो अन्तिम तथ्यांक नभएकोले यसमा केहि घटबढ हुन् सक्ने क्यापिटलले जनाएको छ । 

स्थानीयले खरिद नगरेको शेयरलाई थपेर कम्पनीले अब सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ ।  कम्पनीले सर्वसाधारणलाई प्रति कित्ता ४०० मा शेयर बिक्रि गर्ने प्रस्ताव गरेको छ  ।

 कम्पनीको माघ ३ मा बसेको संचालक समितिको बैठकले हालको जारि पुंजी ४ अर्ब ३० करोडलाई बढाएर बनाइने ४ अर्ब ३० करोड चुक्ता पुंजीबाट हुन आउने १२ प्रतिशतले हुन आउने सेयर प्रिमियम मुल्यमा जारि गर्ने निर्णय गरेको थियो।  

नेपाल धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रलाई पुंजीबजारमा भित्र्याउन १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्न पाउने व्यवस्था गरेको छ। बोर्डले उक्त निर्णय पश्चात शिवम सिमेन्ट,अर्घाखाँची सिमेन्ट लगायतका सिमेन्ट तथा अन्य कम्पनीले आइपीओ निष्काशनको प्रक्रिया अगाडी बढाएका थिए ।   सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने पहिलो सिमेन्ट कम्पनी बन्न लागको शिवम सिमेन्ट को उद्योग मकवानपुरको हेटौडामा रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved