सामान्य अंकले बढेको बजारमा नेपाल लाइफको कारोबार उच्च, महालक्ष्मीको सर्बाधिक शेयर किनबेच

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 28, 2018 | 05:48:25 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ l आज सूचक १.३७ अंकले बढेर ११७७.०९ को बिन्दुमा पुगेर रोकिएको छ l आज कारोबारमा आएका १ सय ५४ कम्पनीका ६ लाख २२ हजार ८ सय १ कित्ता शेयर खरिद बिक्रिबाट १९ करोड ५ लाख १३ हजार ९ सय ९६ रुपैयाँको कारोबार भएको छ l

आज नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै १ करोड ६३ लाखको कारोबार भएको छ l अन्य बढी कारोबार हुनेमा एनएमबि बैंक, एनएलजी इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, सिद्दार्थ बैंक लगायत रहेका छन् l

आज ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ताले सर्बाधिक ३.९४ प्रतिशत कमाएका छन् l अन्य बह्दी कमाउनेमा एनआईसी एसिया बैंक, गरिमा विकास बैंक, गण्डकी विकास बैंक, बरुण हाइड्रो लगायत रहेका छन् l

आज समिट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ३.४० प्रतिशत गुमाएका छन् l अन्य बढी गुमाउनेमा आरएसडिसी लघुवित्त, ङादी ग्रुप पावर लगायत रहेका छन् l  

आज महालक्ष्मी विकास बैंकको सर्बाधिक ४८ हजार ३८ कित्ता शेयर कारोबार रहेको छ l

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved